बागलुङकी १९ वर्षीया युवती पनि कोरोना भाइरसमुक्त, अस्पतालबाट डिस्चार्जको तयारी « Khabarhub

बागलुङकी १९ वर्षीया युवती पनि कोरोना भाइरसमुक्त, अस्पतालबाट डिस्चार्जको तयारी


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण नेपालमा पनि हालसम्म संक्रमितको संख्या ४९ पुगेको छ । जसमध्ये १० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत बागलुङकी १९ वर्षीया युवती पनि कोरोना भाइरस मुक्त भएकी छिन् ।

छैठौं पटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ । लगातार दुई पटक (पाँचौ र छैठौं) रिपोर्ट नेगेटिभ आएपछि कोरोना संक्रमण सकिएको र निको भएको धौलागिरी अञ्चल अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए ।

बिहीबार पाँचौ रिपोर्ट नेगेटिभ आएसँगै छैठौं पटक शुक्रबार स्वाब परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । उक्त परीक्षणको रिपोर्ट नेगेटिभ आएको सूचना अधिकारी गौतमले जानकारी दिए ।

चैत ४ गते बेल्जियमबाट कतारको दोहा ट्रान्जिट भएर नेपाल आएकी उनलाई चैत १५ गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । उनकाे अवस्था सामान्य रहेकाले डिस्चार्जको तयारी भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र वि. पोखरेलले बताए ।

उनी अस्पतालबाट डिस्चार्ज भएपछि पनि २ हप्ता होम क्वारेन्टाइनमै बस्नुपर्ने अस्पतालले जनाएको छ ।

यस अगाडि ती युवतीसँगै बेल्जियमबाट आएकी बानपा–३ गौडाकोटकी ६५ बर्षिय मनकुमारी पौडेलले कोरोनालाई जितेर ६ बैशाखमा घर फर्किएकी थिइन।

चैत्र १५ गतेदेखि अस्पतालकाे आसाेलेसनमा उपचाररत उनले काेराेना जित्नुमा आत्मविश्वास, धैर्यता र सन्तुलित खाना भएकाे बताइन् ।

उनले भनिन्, ‘आत्मबल नै सबैभन्दा ठूलो औषधी रहेछ, हिम्मत नहारे कोरोनालाई जित्न सकिन्छ ।’

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ९ : ४२ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर