उदयपुरका कोरोना संक्रमित मुस्लिमलाई अस्पतालमै कुरान पढ्ने व्‍यवस्था « Khabarhub

उदयपुरका कोरोना संक्रमित मुस्लिमलाई अस्पतालमै कुरान पढ्ने व्‍यवस्था


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- कोरोनाभाइरसको संक्रमण पुष्टि भएका उदयपुरका मुस्लिमहरुलाई कोशी अस्पतालमै कुरान पढ्ने व्यवस्था मिलाइएको छ ।

शनिबारबाट शुरु हुने मुस्लिम समुदायको पवित्र पर्व रमजानलाई मध्यनजर गर्दै कुरान पढ्ने व्यवस्था मिलाइएको हो ।

शनिबार विहान ३ बजेअघि नै सेहरी हुनाले आजै सबै व्‍यवस्था मिलाएको विराटनगर रानी मरकज समितिका सचिव मोहम्मद इर्सादले बताए ।

कोशी अस्पतालमा उपचाररत उनीहरु चिकित्सकहरुसँग छलफल गरेर खानेकुराको पूर्व तयारी गरिएको सचिव इर्शादले जानकारी दिए।

हाल केन्द्रमा उपचारका क्रममा रहेका १६ जना नेपाली र १२ जना भारतीय मुश्लिम नागरिक रहेका छन्।उनीहरुलाई उदयपुरको भुल्के क्षेत्रबाट उपचारका लागि अस्पतालमा भर्ना गरिएको हो।

यसक्रममा शनिबार विहानका लागि ब्रेड, च्यूरा र दुधको व्‍यवस्था गरिएको छ। सचिव इर्शाद भन्छन्, ‘पहिलो विहानीका लागि हामीले तीन खानाको व्‍यवस्था गर्न आग्रह गरेकाछौ र सोही खानेकुरा अस्पतालमा रहनुभएकाले पाउनु हुनेछ।त्यसपछि उहाँहरुलाई रोजा खोल्न इफ्तारका लागि बेलुका साढे ६ बजे अरु खानेकुराको व्‍यवस्था गरिनेछ।’

पवित्र रमजानका समय सूर्य उदाएसँगै नअस्ताउञ्‍जेल खानपान बर्जित छ। यसक्रममा थुक समेत निल्न नमिल्ने गरी व्रत बसिने युवा अभियान्ता चाँदबाबु इराकीले बताए । हाल केन्द्रमा २६ जना पुरुष र दुईजना महिला उपचारका लागि भर्ना गरिएका छन्।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १० : २९ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन