कोरोना जितेर बागलुङकी १९ वर्षीया युवती ‘डिस्चार्ज’ « Khabarhub

कोरोना जितेर बागलुङकी १९ वर्षीया युवती ‘डिस्चार्ज’


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसलाई जित्दै बागलुङकी १९ वर्षीया युवती अन्सु सापकोटा शुक्रबार राति अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

बागलुङ नगरपालिका ४, कुँडुलेकी उनलाई अस्पतालले शुक्रबार राति १० बजेतिर डिस्चार्ज गरेको हो ।

उनी नेपालकी पाँचौ संक्रमित हुन् । उनीसँगै नेपालमा कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संखया ११ पुगेको छ ।

धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत बागलुङकी १९ वर्षीया युवतीको छैठौं पटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएसँगै अस्पतालले उनलाई आज डिस्चार्ज गरेको हो ।

लगातार दुई पटक (पाँचौ र छैठौं) रिपोर्ट नेगेटिभ आएपछि कोरोना संक्रमण सकिएको र उनी पूर्णरुपमा निको भएको धौलागिरी अञ्चल अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए ।

बिहीबार पाँचौ रिपोर्ट नेगेटिभ आएसँगै छैठौं पटक शुक्रबार स्वाब परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । उक्त परीक्षणको रिपोर्ट नेगेटिभ आएको सूचना अधिकारी गौतमले जानकारी दिए ।

चैत ४ गते बेल्जियमबाट कतारको दोहा ट्रान्जिट भएर नेपाल आएकी उनलाई चैत १५ गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । उनकाे अवस्था सामान्य रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र वि. पोखरेलले बताए ।

उनी अस्पतालबाट डिस्चार्ज भए पनि २ हप्ता होम क्वारेन्टाइनमै बस्नुपर्ने अस्पतालले जनाएको छ ।

यस अगाडि ती युवतीसँगै बेल्जियमबाट आएकी बानपा–३ गौडाकोटकी ६५ बर्षिय मनकुमारी पौडेलले कोरोनालाई जितेर ६ बैशाखमा घर फर्किएकी थिइन।

चैत्र १५ गतेदेखि अस्पतालकाे आसाेलेसनमा उपचाररत उनले काेराेना जित्नुमा आत्मविश्वास, धैर्यता र सन्तुलित खाना भएकाे बताइन् ।

उनले भनिन्, ‘आत्मबल नै सबैभन्दा ठूलो औषधी रहेछ, हिम्मत नहारे कोरोनालाई जित्न सकिन्छ ।’

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १० : ४६ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर