बागलुङकी १९ वर्षीया युवतीले भनिन्- धैर्यता र आत्मबलले कोराेनाको संक्रमण जितेँ | Khabarhub Khabarhub

बागलुङकी १९ वर्षीया युवतीले भनिन्- धैर्यता र आत्मबलले कोराेनाको संक्रमण जितेँ


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागलुङकी कोरोना संक्रमित १९ वर्षीया युवती अन्सु सापकोटा आत्मविश्वास बलियो बनाएर धर्यता अपनाउँदा कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताएकी छिन् ।

शुक्रबार राति अस्पतालबाट डिस्चार्ज भएकी उनले काेराेना जित्नुमा आत्मविश्वास, धैर्यता र सन्तुलित खाना भएकाे अनुभव सुनाएकी छिन् ।

उनले भनिन्, ‘आत्मबल नै सबैभन्दा ठूलो औषधी रहेछ, हिम्मत नहारे कोरोनालाई जित्न सकिन्छ ।’

उनी बागलुङको पहिलो संक्रमित तथा नेपालको पाँचौ संक्रमित हुन् । धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत गराइरहेकी उनको छैठौं पटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएसँगै अस्पतालले आज डिस्चार्ज गरेको हो ।

लगातार दुई पटक (पाँचौ र छैठौं) रिपोर्ट नेगेटिभ आएपछि कोरोना संक्रमण निको भएको धौलागिरी अञ्चल अस्पतालले जनाएको छ ।

चैत ४ गते बेल्जियमबाट कतारको दोहा ट्रान्जिट भएर नेपाल आएकी उनलाई चैत १५ गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । उनी अस्पतालबाट डिस्चार्ज भएसँगै नेपालमा कोरोना विरुद्धको लडाइँ जित्नेको संख्या ११ पुगेको छ ।

यस अघि उनीसँगै बेल्जियमबाट आएकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ बर्षिय मनकुमारी पौडेलले कोरोनालाई जितेर ६ बैशाखमा घर फर्किएकी थिइन।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ११ : १५ बजे

कैदीबन्दीलाई कारागारमा आउन र अन्यलाई नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भागेका

नयाँ बसपार्कबाट तीनसय बढी सार्वजनिक सवारीसाधन उपत्यका बाहिरिए

काठमाडौं – काठमाडौं गोँगबुस्थित नयाँबसपार्कबाट ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन

बालसुधारगृहबाट भागेका ४८ जना पक्राउ

बाँके – जिल्लाका दुई बालसुधारगृह र एउटा कारागारबाट भागेका तीन

‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए

काठमाडौं- ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका