जर्मन बुण्डेसलिगामा वायर्न म्युनिखले सहज जीत « Khabarhub

जर्मन बुण्डेसलिगामा वायर्न म्युनिखले सहज जीत


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुण्डेस लिगा फुटबलमा वायर्न म्युनिखले फ्रान्कफर्टलाई ५-२ गोल अन्तरले पराजित गरेको छ।

घरेलु मैदानमा वायर्नलाई जीत दिलाउन लियोन गोर्टेज्का, थोमस मुलर, रोबर्टो लेवान्डोस्की र अल्फान्सो डेभिसले एक/एक गोल गरे । फ्रान्कफर्टले एक गोल भने आत्मघाती खायो ।

फ्रान्कफर्टका दुवै गोल मार्टिन हिन्टरगरले फर्काए । खेलको १७ औं मिनेटमा गोर्टेज्काले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा मुलरले गोल गर्दै वायर्नको अग्रता दोब्बर पारे ।

खेलको ४६ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नको अग्रता तेब्बर बनाए । ५२ औं मिनेटमा फ्रान्कफर्टका मार्टिनले गोल गर्दा खेल ३-१ को अवस्थामा पुग्यो । त्यसको तीन मिनेट पछि मार्टिनले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्कफर्ट खेलमा फर्कने कोसिस गर्‍यो ।

तर, खेलको ६१ औं मिनेटमा डेभिसले गोल गर्दा वायर्न ४-२ ले अघि रह्यो । त्यसपछि खेलको ७४ औं मिनेटमा मार्टिनले आत्मघाती गोल गर्दा वायर्न ५-२ ले विजयी भयो ।

कोरोनाको महामारीको कारण स्थगित लिग सुचारुपछि वायर्नको यो लगातार दोस्रो जीत हो । जीतसँगै वायर्न ४ अंकको अग्रतासहित लिगको शीर्ष स्थानमा छ । वायर्नले २७ खेलबाट ६१ अंक जोडेको छ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ६ : २१ बजे

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि