कोरोना भाइरस : विश्वभर ५४ लाख संक्रमित, ३ लाख ४३ हजारको मृत्यु « Khabarhub

कोरोना भाइरस : विश्वभर ५४ लाख संक्रमित, ३ लाख ४३ हजारको मृत्यु


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीबाट विश्वभर ५४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ३ हजार २१० नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५४ लाख १ हजार २२२ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २२ लाख ४७ हजार १०९ जना संक्रमण मुक्त भएका छन् ।

बितेको २४ घण्टामा ४ हजार ३७४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ४३ हजार ७९९ पुगेको छ ।

२८ लाख १० हजार ३१४ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ५३ हजार ५६२ जनाको अवस्था गम्भीर छ ।

आइतबार बिहान साढे ६ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६९ हजार २७५ जनाको मृत्यु भएको छ ।

१८ लाख ८५ हजार ९०० जना संक्रमित भएकोमा ८ लाख ६३ हजार १४५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १३ हजार ४६० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १८ लाख ५५ हजार १७६ पुगेको छ । त्यसमध्ये ५ लाख ५४ हजार १४१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा २७ हजार ६८ जनाको मृत्यु भएको छ । ९ लाख ३६ हजार ३३६ जना संक्रमित भएकोमा ५ लाख ४६ हजार ११८ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ३० हजार ५९० जनाको मृत्यु भएको छ । ६ लाख ४ हजार ९०० जना संक्रमित भएकोमा २ लाख ३० हजार ८२७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ३ हजार २६८ जनाको ज्यान गएको छ भने १ लाख ९ हजार ४७० जना संक्रमित छन् । संक्रमितमध्ये ४४ हजार १७७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२३ जनाको मृत्यु भएको छ । ८ हजार ७१९ जना संक्रमित भएकोमा ८ हजार ५० जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसको महामारीले अमेरिकामा ९८ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमित १६ लाख ६६ हजार ८२८ जनामध्ये ४ लाख ४६ हजार ९१४ जना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ६ : ५४ बजे

विश्वकप लिग-२ : कीर्तिपुरमा भिड्दै अमेरिका र स्कटल्यान्ड

काठमाडौँ – विश्वकप लिग–२ मा बुधबार तालिकाको शीर्ष स्थानका अमेरिका

म्याग्दीको बिम गाउँमा पक्की पदमार्ग

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँको पदमार्गलाई पक्की

हुम्लामा पहिरोले घर गोठ बगायो

हुम्ला – हुम्लाको चंखेली गाउँपालिका–५ मा भीषण असिनापानीपछि आएको पहिरोले

सशस्त्रका डीआईजी अञ्जनी पोखरेल एआईजीमा बढुवा सिफारिस

काठमाडौँ– सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेलको

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।