यो साताको लभ राशिफल, कसको भाग्य कस्तो ? | Khabarhub Khabarhub

यो साताको लभ राशिफल, कसको भाग्य कस्तो ?


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सबै मानिसको जीवनमा प्रेम अनुकुल नहुन सक्छ । यस अलावा राशी अनुसार पनि मानिसको प्रेम निर्धारित हुने गर्दछ । जस अनुसार यो साता कुन राशीका लागी प्रेमका लागी अनुकुल छ ?

हेर्नुहोस् राशी अनुसारको फल

मेष राशी
यो साता मेष राशीका ब्यक्तिका लागी सम्बन्धको दृष्टिकोण सकारात्मक रहने छ । अन्य दिनभन्दा प्रेम जीवन घनिष्ठ हुनेछ । यस अलावा तपाईको पुरा ध्यान घर परिवार प्रति केन्द्रित हुनेछ ।

वृष राशी
वृष राशीका ब्यक्तिका लागी सम्बन्ध प्रति केहि सचेत हुन आवश्यक छ । आफ्नो रीसमा नियन्त्रण पाउन र कुनै पनि गलत मानसिकता त्याग्न जरुरी हुन्छ । अन्यथा प्रेम जीवनमा दरार आउन सक्छ ।

मिथुन राशी
मिथुन राशीका ब्यक्तिको मन प्रेमका बिषयमा बिचलित हुनेछ । सम्बन्धमा खासै सुधार नआउने भएकाले हरेक चिजमा समस्या उत्पन्न हुनसक्छ । यो साता मानसिक तनावमा घेरीनु पर्ने हुनसक्छ ।

कर्कट राशी
घर परिवारका प्रति समर्पण बढ्ने दिन भएकाले कर्कट राशीका ब्यक्तिका लागी स्वतः जीवन साथीद्वारा सुख प्राप्त गर्ने समय रहेको छ । तर कुनै पनि नकारात्मक विचार नपाल्नुहोला यसले भने घाटा पुर्याउनेछ ।

सिंह राशी
सिंह राशीका ब्यक्तिको ध्यान पुर्णत आज कर्म र परिवार प्रति रहनेछ । घरका सबै समस्या समाधान गर्ने मनसाय राख्ने यस राशीले प्रेमका लागी समय छुट्याउन आवश्यक छ । रिसमा नियन्त्रण गरी प्रेमीलाई साथ दिनुहोला ।

कन्या राशी

कन्या राशीका ब्यक्तिले सम्बन्धमा सकारात्मक दृष्टिकोण बनाइराख्न आवश्यक छ । साना तिना कुरामा रिसाउन छाडेर जीवनसाथीलाई सुख दिएमा सहजै उबाट सुख प्राप्त हुने योग छ । बोलीमा ध्यान पुर्याउनुहोला ।

तुला राशी
तुला राशीका ब्यक्तिका लागी यो साता लाभाकारी हुनेछ । जीवनसाथीद्वारा सहयोग मिल्नाले प्रेममय समय बन्नेछ । आपसी समझदारीमा परिवार र सन्तान प्रति ज्यादा जागरूक हुने र निर्णय लिने परिस्थिति बन्नेछ ।

वृश्चिक राशी
वृश्चिक राशीका ब्यक्तिका लागी यो साता प्रेममय बन्ने र सम्बन्ध प्रगाढ़ हुने समय छ । तर प्रेमी प्रति ध्यान बनाई राख्न आवश्यक छ । अन्यथा कुनै पनि कारणले सम्बन्ध बिग्रन सक्छ ।

धनु राशी
धनु राशीका ब्यक्तिले आफ्नो वाणीमा नियन्त्रण राख्न जरूरी छ । क्रोध वा उत्तेजनामा आएर कुनै पनि बिषयमा नबोल्नु होला अन्यथा प्रेम जुट्ने भन्दा फुट्ने समय छ । यो प्रेमका लागी अनुकुल समय होइन ।

मकर राशी
जीवनसाथीका साथसाथ अन्य सम्बन्धमा पनि यो समय प्रेमका लागी अन्य समयभन्दा विशेष समय हो । घर परिवारका सबै चिन्ता कम गर्न जीवनसाथीको पूर्ण सहयोग आवश्यक हुन्छ जसका लागी तपाई रोमान्टिक बन्न आवश्यक छ ।

कुम्भ राशी
जीवनसाथीका साथै अन्य सम्बन्ध तुलानात्मक रुपमा अन्य समयभन्दा अनुकुल छ । तर परीवार प्रति बढि ध्यान केन्द्रित हुने भएकाले जीवनसाथीसंगको प्रेममा कमी आउनेछ । यो ब्यालेन्स बनाउन तपाईको सुझबुझ आवश्यक छ ।

मीन राशी
मीन राशीका ब्यक्तिका लागी यो साता परिवार प्रति समर्पण भाव हुने योग छ । सानातिना बिषयको तनाव झेल्नु परेपनि जीवनसाथीसंगको सम्बन्ध भने घनिष्ठ हुनेछ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ९ : ४१ बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि