नायिका केकी अधिकारी भन्छिन – हाम्रो स्वाभिमान संसार कै अग्लो सगरमाथा जति नै उच्च « Khabarhub

नायिका केकी अधिकारी भन्छिन – हाम्रो स्वाभिमान संसार कै अग्लो सगरमाथा जति नै उच्च


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नायिका केकी अधिकारीले आफ्नो फेसबुब मार्फत छिमेकीलाई आफ्नो भूमिबाट स–सम्मानका साथ फिर्ता पठाउन तयार रहेको धारणा राखेकी छिन् ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘भूपरिवेष्ठित राष्ट्र भएको कारणले हाम्रो भारतसँगको निर्भरता र अन्तराष्ट्रिय सम्बन्ध आफ्नो ठाउँमा छ । तर जब प्रश्न राष्ट्रिय स्वाधीनता र स्वार्वभौमसम्त्ता माथी उठछ, हाम्रो स्वाभिमान संसार कै अग्लो सगरमाथा जति नै उच्च हुन्छ ।

सीमाको विषयमा हामी सबै नेपाली एक छौँ । कोही पक्ष अनि विपक्ष छैनौं । हामीसँग स्पष्ट प्रमाणहरु प्रशस्त छन् । हामीले आफ्नै भूमिको विषयमा कसैसङ्ग बहस गर्न आवश्यक त छैन । तर सम्मान स्वरुप हामी प्रमाणसहित बार्ता गर्न तयार छौँ । हामी आफ्नो चिज चाहन्छौँ । अरुकोमा र्याल काड्दैनौँ ।’

नायिका केकी अधिकारीले थप लेख्छिन्, ‘हामीले आज हाम्रो भूमिकै लागि आवाज उठाइरहँदा यो नभुलौँ कि हामी नेपाली विश्वभर आफ्नो विरता, सभ्यता र सरलताको लागी कहलिएका छौँ ।

कुनै पनि धारणा र विचार राख्नु अघि हामी राष्ट्रियताको नाउँमा अरु राष्ट्रको खिल्ली उडाउने, आत्मसम्मानमा ठेस पुगाउने व्यबहारले परिचित छैनौँ भन्ने नभुलौ । हामी बदलामा हैन बलिदानमा बिश्वास राख्छौं ।

हामी वैमनस्यतामा हैन बिचारमा बिश्वास राख्छौ । हामी छिमेकीको जमीन हडप्नमा हैन, छिमेकीलाई हाम्रै हडप्न खोजेको जमिनमा ससम्मान चिया नास्ता खुवाएर बिदा गर्नमा बिश्वास राख्छौं । भूगोलले सानो भएपनि नेपालीको मन ठूला ठूला देश भन्दा पनि विशाल छ । नेपाली हो नि’ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ९ : ५४ बजे

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा