नेपालीलाई निकृष्ट बोल्ने भारतीय पत्रकारलाई मुद्दा दायरको तयारी « Khabarhub

नेपालीलाई निकृष्ट बोल्ने भारतीय पत्रकारलाई मुद्दा दायरको तयारी


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सीमानाका नाममा नेपालीको अपमान समेत गर्दै आएका भारतीय एक पत्रकारलाई मुद्दा दायरको तयारी भएको छ ।

रिपब्लिक टेलिभिजनका सञ्चालक एवं प्रधानसम्पादक समेत रहेका अर्नब गोस्वामीबिरुद्ध नेपालीको अपमान गरेको कारणमा भन्दा पनि निकृष्ट भाषा प्रयोग गर्दै साम्प्रदायिकता भड्काउन खोजेको आरोपमा भारतीय प्रहरीले मुद्दा दायरको तयारी गरेको हो ।

अन्तर्वार्ता दिनेलाई बोल्न मौका नै नदिइ बारम्बार आफ्नो आग्रह लाद्ने गोस्वामीबिरुद्ध साम्प्रदायिक सद्भाव भड्काउने टिभी कार्यक्रम चलाई मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती गरेवापत मुम्बई प्रहरीले मुद्दा दर्ता गर्न लागेको हो ।

प्रहरीले मुद्दा दर्ता गर्न लागेपछि गत मंगलबार मुद्दा खारेजीको मागदावीसहित सर्वोच्च अदालतमा पुगेका गोस्वामीको अपिल सर्वोच्च अदालतले खारेज गर्दै प्रहरीलाई मुद्दा चलाउने अनुमती दिएको छ ।

टेलिभिजनबाट मनलाग्दी निकृष्ट शब्द प्रयोग गर्दै आएका गोस्वामीको मुद्दामा न्यायाधीश डी.आई.चन्द्रचुड र एम.आर.साहको संयुक्त इजलासले ‘प्रेस स्वतन्त्रता भनेको जथाभावी बोल्नु र लेख्नु कदापि होइन’ भन्दै ५६ पृष्ठ लामो फैसला सुनाएको छ ।

जसमा भनिएको छ ‘अभिव्यक्ति स्वतन्त्रता भनेको निरपेक्ष हुँदैन । पत्रकारलाई प्रेस स्वतन्त्रताको आडमा सँधै मनपरी बोल्ने छुट पनि छैन ।’

अदालतले प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रताको सीमा सम्झाउँदै यो पनि भनेको छ, ‘सँविधानको धारा १९(1)a अनुसार प्रेस स्वतन्त्रता नागरिकको वाक स्वतन्त्रताभन्दा माथि हुन सक्दैन !’

अदालतले उनीविरुद्ध नागपुरलगायत १४ अलग अलग ठाउँबाट परेका उजुरीलाई खारेज गर्दै सबैलाई एउटै प्याकेजमा राखेर अनुसन्धान अघि बढाउन पनि प्रहरीलाई अनुमती दिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  १० : ३५ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन