नेपालीलाई निकृष्ट बोल्ने भारतीय पत्रकारलाई मुद्दा दायरको तयारी | Khabarhub Khabarhub

नेपालीलाई निकृष्ट बोल्ने भारतीय पत्रकारलाई मुद्दा दायरको तयारी


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सीमानाका नाममा नेपालीको अपमान समेत गर्दै आएका भारतीय एक पत्रकारलाई मुद्दा दायरको तयारी भएको छ ।

रिपब्लिक टेलिभिजनका सञ्चालक एवं प्रधानसम्पादक समेत रहेका अर्नब गोस्वामीबिरुद्ध नेपालीको अपमान गरेको कारणमा भन्दा पनि निकृष्ट भाषा प्रयोग गर्दै साम्प्रदायिकता भड्काउन खोजेको आरोपमा भारतीय प्रहरीले मुद्दा दायरको तयारी गरेको हो ।

अन्तर्वार्ता दिनेलाई बोल्न मौका नै नदिइ बारम्बार आफ्नो आग्रह लाद्ने गोस्वामीबिरुद्ध साम्प्रदायिक सद्भाव भड्काउने टिभी कार्यक्रम चलाई मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती गरेवापत मुम्बई प्रहरीले मुद्दा दर्ता गर्न लागेको हो ।

प्रहरीले मुद्दा दर्ता गर्न लागेपछि गत मंगलबार मुद्दा खारेजीको मागदावीसहित सर्वोच्च अदालतमा पुगेका गोस्वामीको अपिल सर्वोच्च अदालतले खारेज गर्दै प्रहरीलाई मुद्दा चलाउने अनुमती दिएको छ ।

टेलिभिजनबाट मनलाग्दी निकृष्ट शब्द प्रयोग गर्दै आएका गोस्वामीको मुद्दामा न्यायाधीश डी.आई.चन्द्रचुड र एम.आर.साहको संयुक्त इजलासले ‘प्रेस स्वतन्त्रता भनेको जथाभावी बोल्नु र लेख्नु कदापि होइन’ भन्दै ५६ पृष्ठ लामो फैसला सुनाएको छ ।

जसमा भनिएको छ ‘अभिव्यक्ति स्वतन्त्रता भनेको निरपेक्ष हुँदैन । पत्रकारलाई प्रेस स्वतन्त्रताको आडमा सँधै मनपरी बोल्ने छुट पनि छैन ।’

अदालतले प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रताको सीमा सम्झाउँदै यो पनि भनेको छ, ‘सँविधानको धारा १९(1)a अनुसार प्रेस स्वतन्त्रता नागरिकको वाक स्वतन्त्रताभन्दा माथि हुन सक्दैन !’

अदालतले उनीविरुद्ध नागपुरलगायत १४ अलग अलग ठाउँबाट परेका उजुरीलाई खारेज गर्दै सबैलाई एउटै प्याकेजमा राखेर अनुसन्धान अघि बढाउन पनि प्रहरीलाई अनुमती दिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  १० : ३५ बजे

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको

सहकारी समस्या समाधान गर्न पूर्वन्यायाधीश गौतम नेतृत्वको समिति

काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा