दक्षिण कोरियामा लगातार तेस्रो दिन संक्रमित भेटिएनन् | Khabarhub Khabarhub

दक्षिण कोरियामा लगातार तेस्रो दिन संक्रमित भेटिएनन्


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रोजगारीका लागि लाखौं नेपालीहरु रहेको दक्षिण कोरियामा लगातार तेस्रो दिन पनि कोरोना संक्रमित भेटिएका छन् । न्यूज एजेन्सी सिन्ह्वाका अनुसार त्यहाँ तेस्रो दिन २० भन्दा बढी मानिसमा संक्रमण देखिएको हो ।

संक्रमितमा ८ जना विदेशी नागरिक रहेका छन् । यहाँ कोरोना संक्रमणबाट अहिलेसम्म २६६ जनाको मृत्यू भइसकेको छ । यहाँको मृत्यूदर २.३८ रहेको छ ।

यहाँ कोरोना परीक्षणको दायरा व्यापक बनाउँदै जनवरी ३ पछि ८ लाख २० हजारभन्दा बढी मानिसको परीक्षण गरिएको थियो । यीमध्ये ७ लाख ८८ हजार ७६६ मानिसमा नतिजा नेगेटिभ भेटिएको थियो । पछिल्लो समय पनि सरकारले २० हजार ३३३ नमूना परीक्षण गरिरहेको छ ।

दक्षिण कोरोना परीक्षणको दायरा बढाउने तर लकडाउन नगर्ने राष्ट्र हो । यहाँको कोरोना नियन्त्रणको तरिका संसारभरी चर्चा हुने गर्दछ ।

दक्षिण कोरियामा अहिलेसम्म ११ हजार १९० कोरोना संक्रमित भेटिएकोमा १० हजार २१३ जना निको भइसकेका छन् । ७११ जना उपचाररत छन् भने १५ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  १ : ५४ बजे

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार