ललितपुर महानगरले ल्यायो कृषि कार्यक्रम, मल र बिउ अनुदान पाइने « Khabarhub

ललितपुर महानगरले ल्यायो कृषि कार्यक्रम, मल र बिउ अनुदान पाइने


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लागू गरेको लकडाउनले उपत्न्न गरेको संकटलाई हल गर्न कृषिसँग सम्बन्धित कार्यक्रम अघि बढाएको छ ।

यो कार्यक्रम अन्तर्गत कृषि गर्न चाहनेलाई मल र बिउ अनुदानमा दिइने महानगर प्रमुख चिरीबाबु महर्जनले बताए ।

महानगरपालिकाले खुल्ला ठाउँ भएको र नभएको वडाहरुलाई लक्षित गरी दुई किसिमको कृषि कार्यक्रम ल्याएको जनाएको छ ।

उनले भने, ‘खुल्ला ठाउँ भएका वडाहरुको लागि धान, मकै, गहुँ उत्पादनलाई प्रोत्साहित गरिन्छ , घर मात्रै भएका खाली जमिन नभएका वडाहरुमा कौसी खेती गर्ने गरि कार्यक्रम ल्याएका छौ ।’ प्रमुख महर्जनले लकडाउनले सिर्जित अवस्थालाई ध्यान दिएर आत्मनिर्भरताका लागि यो कार्यक्रम ल्याएको बताए ।

नगरको २९ वटै वडामा सञ्चालन हुने यो कार्यक्रमले नगरका पचास प्रतिशत बासिन्दालाई कृषिमा आत्मनिर्भर बनाउने महानगरले बताएको छ । आर्थिक विकास समितिका संयोजक रविन्द्र महर्जनले घरमात्रै भएका जमिन नभएकालाई कौसी खेती गर्न विउ वितरण गरिएको बताए ।

उनका अनुसार जमिन हुनेहरुको लागि धान र मकै प्रागारिक मल वितवरण गरिएको छ ।

कौसी खेतीका लागि सीमी, मुला , धनियाँ र रायोको सागको बीउ अनुदान दिइएको छ । यसैगरी जमिन भएकाहरुकालाई मकै, भटमास, धानको बीउ र गड्यौलाको प्रांगारिक मल केही वडामा वितरण भएको केहीमा वितरणको तयारी भइरहेको वडा नं २१का अध्यक्ष रविन्द्र महर्जनले बताए ।

महानगरपालिकाले नगरभित्रको बाँझो जमिन खनजोत गर्न पनि आव्हान गरेको छ । त्यस्ता जमिन खनजोत गरी उत्पादन गर्न चाहने व्यक्तिलाई महानगरले ट्याक्टर किनिदिने तयारी गरेको छ । संयोजक महर्जनले भने, ‘जमिन जोत्न किसानलाई गाह्रो पर्ने भएकाले ट्याक्टर खरिदका लागि कार्यक्रम बनाउँदैछौ । ’

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  २ : ४७ बजे

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे