शिक्षण सिकाइका लागि ‘रेडियो स्कूल कक्षा’ कार्यक्रम « Khabarhub

शिक्षण सिकाइका लागि ‘रेडियो स्कूल कक्षा’ कार्यक्रम


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दियाका तीन नगरपालिकाको सहकार्यमा रेडियो स्कूल कक्षा कार्यक्रम आजदेखि सञ्चालनमा आएको छ ।

बर्दियामा रहेका रेडियोहरुको साझेदारीमा मधुवन, गुलरिया र बारबर्दिया नगरपालिकाले कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीका लागि शिक्षण सिकाइमा सहयोग पुग्ने उद्देश्यका साथ रेडियो स्कूल कक्षा कार्यक्रम सञ्चालन गरेका हुन् ।

कार्यक्रम बर्दियाको गुलरियामा रहेको रेडियो बबई एफएम १०६ मेगाहर्ज, भुरीगाउँमा रहेको रेडियो टाइगर एफएम ९९.२ मेगाहर्ज र मधुवनमा रहेको रेडियो रामज्ञानु एफएम ८९ मेगाहर्जबाट नियमित प्रसारणको व्यवस्था मिलाइएको छ ।

कोभिड १९ संक्रमण महामारी हुन सक्ने भन्दै जिल्लाका सम्पूर्ण शैक्षिक संस्था बन्द भएका छन् । यस्तो अवस्थामा विद्यार्थीले स्वास्थ्य सुरक्षाका साथ आफ्ना शिक्षण गतिविधिलाई निरन्तरता दिन पाउने हुनाले रेडियो स्कूल कक्षा कार्यक्रम सञ्चालन गरिएको मधुवन नगर प्रमुख गणेशबहादुर क्षेत्रीले बताए ।

कोरोना भाइरसको त्रासका कारण बन्दाबन्दीमा रहेका बालबालिकामा शैक्षिक तथा मानसिक रुपमा समस्या नआओस् भनेर बर्दियाका रेडियोहरुको साझेदारीमा नगरपालिकाहरुले कार्यक्रम सञ्चालनमा ल्याएको बारबर्दियाका नगर प्रमुख दुर्गाबहादुर थारुले बताए ।

बर्दियामा इन्टरनेटको पहुँचमा नभएका विद्यार्थीलाई लक्ष्य गर्दै सो कार्यक्रम ल्याइएको भन्दै नगर प्रमुख थारुले कक्षा १, २ र ३ का विद्यार्थीका लागि विशेष रमाइलो कक्षा पनि सञ्चालन गरिएको बताए ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ६ : ११ बजे

दूरसञ्चार सेवाको गुणस्तरबारे प्राधिकरणसँग जानकारी माग

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान

दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौं– एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य

सङ्क्रमणकालीन न्याय र जेन-जीका फाइल खोल्न सरकारलाई बाँस्कोटाको आग्रह

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले लामो