लकडाउनकाबीच भारतमा आइतबार धेरै जोडीको विवाह « Khabarhub

लकडाउनकाबीच भारतमा आइतबार धेरै जोडीको विवाह


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेङ्लोर- भारतमा अहिले चौथो चरणको लकडाउन छ । यो लकडाउन यही महिनाको अन्त्यसम्मका लागि तय भइसकेको छ ।

सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन घोषणा गरेपनि अत्यावश्यक कामका लागि भने लचकता देखाएको छ । यस्तै अत्यावश्यक काम अन्तर्गत बैबाहिक कामलाई पनि मानिएको छ ।

उपयुक्त र पर्याप्त आधारहरु देखाउन सके, अहिले नै गर्नु पर्ने बाध्यात्मक कारण पेश गर्न सकेमा र पहिले नै निर्धारण भएको अवस्थामा सरकारले बैबाहिक कार्यक्रम गर्नका लागि अनुमती दिने गरेको छ ।

यही आधारमा आइतबार कैयौँ जोडी बैबाहिक जीवनमा बाँधिएका छन् । उनीहरुलाई भिडभाड नगरी आधारभूत धार्मिक तथा सांस्कृतिक प्रक्रिया पुरा गर्न अनुमती दिइएको छ ।

बैबाहिक कार्यक्रम गर्दा सामाजिक दुरी कायम गर्नु पर्ने, ५० जना भन्दा बढी सहभागी हुन नपाउने, मास्क र पञ्जा लगाउनु पर्नेलगायतका आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनै पर्ने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।

बैबाहिक कार्यक्रममा सहभागी एक जनाले भने, “हामीले सरकारको निर्देशन र मापदण्डलाई ख्याल गरेर नै २५ जनालाई मात्रै विवाहमा ल्याएका छौँ ।”

बैबाहिक जीवन शुरु गर्न लागेका अधिकांश बेहुला बेहुलीहरुले पनि मास्क लगाएका थिए भने अन्य सहभागीलाई अनिवार्य नै गरिएको थियो ।
बैबाहिक कार्यक्रममा गर्भवती, ६५ बर्षभन्दा माथिका बृद्धबृद्धा र १० बर्षभन्दा साना बालबालिकालाई सहभागी गराउन नपाइने व्यवस्था पनि गरिएको छ ।

विवाह गरिएको ठाउँमा सेनिटाइजरको पर्याप्त उपलब्धता र प्रयोग हुनु पर्ने र थर्मल गन मार्फत सबैको ज्वरो नाप्ने व्यवस्था पनि गर्नु पर्ने सरकारले जारी गरेको निर्देशिकामा उल्लेख गरिएको छ ।

सरकारले तय गरेका मापदण्डहरुलाई अबलम्बन गर्दै धेरै जोडीले लकडाउनका बेलामा पनि बैबाहिक जीवन शुरु गरेका हुन् । उनीहरुको बैबाहिक कार्यक्रमलाई अन्य अवस्थाको भन्दा फरक मानिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ७ : १८ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले