बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार साँझ बाँके र बर्दियामा गरी थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रष्ठिानका निर्देशक डाक्टर सागर पन्थीका अनुसार प्रतिष्ठानको प्रयोगशालमा आज गरिएको २ सय ३९ जनाको कोरोना परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

डा पन्थीका अनुसार ५ जना संक्रमित मध्ये ४ जना बाँके र एक जना बर्दीयाका रहेका छन् । उनीहरु मध्ये बाँकेको नारायाणपुरमा रहेको भवनपुर माविको क्वारेन्टाइमा रहेका ४ जना रहेका छन् । उनीहरु राप्तीको सोनारी गाउँपालिका– ५ का १६,२३,२३ र २४ वर्षका ४ जना पुरुष रहेका छन् ।

डा पन्थीका अनुसार बाँकेको भवनपुर माविको क्वारेन्टाइमा रहेका १ सय ३९ जनाको नमूना परीक्षण गरिएकोमा ४ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै बर्दियाको बाँसगढी–९ का २५ वर्षिय पुरुष रहेका छन् । सो क्षेत्रमा एक सय जनाको नमूना संकलन गरी परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । डा पन्थीका अनुसार नयाँ थपिएका ५ जना संक्रमतिको विवरण स्वास्थ्य मन्त्रालयलाई आइतबार साँझ  जानकारी गराइएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ८ : १५ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून