राजाको तस्वीर भएका नोट नचलाउन राष्ट्र बैंकको निर्देशन « Khabarhub

राजाको तस्वीर भएका नोट नचलाउन राष्ट्र बैंकको निर्देशन


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैकले पूर्वराजाको तस्वीर भएका नोट प्रचलनमा रोक लगाएको छ ।

राष्ट्र बैकले बैक तथा वित्तीय संस्थाहरुका नाममा आज एक सूचना जारी गर्दै पूर्वराजाको तस्वीर भएको नोट प्रयोग गर्न रोक लगाएको हो ।

सूचनामा भनिएको छ,‘पूर्वराजाको तस्विर अंकित भएको नोटलाई पुन निस्काशन अयोग्य नोटको रुपमा वर्गिकरण गर्नुपर्नेछ र त्यस्ता नोटलाई चलनचल्तीमा पठाउनुहुँदैन ।’

त्यस्तै नोटहरुलाई जीवाणुरहित बनाएर मात्रै प्रचलनमा ल्याउन समेत बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

सूचनामा भनिएको छ,‘भुक्तानी वा सटही गर्नुपूर्व नोटलाई निश्चित प्रक्रिया अपनाई जीवाणु तथा भाइरसरहित बनाउनुपर्नेछ ।’

केन्द्रीय बैकले पुराना, झुत्रा नोटहरु समेत प्रयोगमा नल्याउन निर्देशन दिएको छ । बैक तथा वित्तीय संस्थाहरुलाई पुरानो नोटहरु नोट कोष वा राष्ट्र बैकमा बुझाउन भनेको छ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ९ : २८ बजे

शहीदका सपना अधुरै छन्

देशले हरेक वर्ष माघ दोस्रो सातालाई शहीदको सम्मान गर्दै शहीद

पर्यटकीय नगरी बन्दीपुर क्षेत्रका ‘होर्डिङबोर्ड’ हटाइँदै

दमौली – तनहुँको पर्यटकीय नगरी गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यको सूचीमा

आज तरकारी र फलफूलको मूल्य कति?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

जनताका अधिकार कुण्ठित गर्न खोज्नेहरु असफल भए : सभामुख घिमिरे

काठमाडौँ – सभामुख देवराज घिमिरेले नेपाली जनताका अधिकारलाई कुण्ठित गर्न

पेट्रोल छर्किएर आगो लगाउँदा छोराको मृत्यु, श्रीमती घाइते

काठमाडौँ – बाँकेमा बाबुले पेट्रोल छर्किएर आगो लगाइदिँदा २ वर्षीय