आज वर्षकै सबैभन्दा बढी गर्मी, कुन ठाउँमा कति तापक्रम ? | Khabarhub Khabarhub

आज वर्षकै सबैभन्दा बढी गर्मी, कुन ठाउँमा कति तापक्रम ?


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार यो वर्षकै सबैभन्दा बढी गर्मी भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौंका अधिकतम तापक्रम ३१.८ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ ।

यस्तै, दिपायलमा ४० र धनगढी ४०.१ डिग्री सेल्सियस तापक्रम पुगेको छ । नेपालगञ्ज र भैरहवामा मा ३९.५, सिमरामा ३७.५ डिग्री सेल्सियस मापन गरिएको छ । वीरेन्द्रनगरमा ३६.८, दाङमा ३५.८ जनकपुर ३५.५ डिग्री तापक्रम मापन गरिएको छ।

यसैबीच, हाल भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा निम्न चापीय प्रणाली रहेको छ। नेपालको पूर्वी भू-भागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले पूर्वी   र पश्चिमी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन /चट्याङ /हावाहुरी   सहित हल्का वर्षाको  सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

कहाँको तापक्रम कति रह्यो ?

 

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ९ : ५८ बजे

हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने

बागमती– बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई महिलामैत्री र

दलहरूलाई पूर्वराष्ट्रपति यादवको सन्देश : अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका

गुल्मीमा विद्युत् महसुलमा दिँदै आएको अनुदान रकम कटौती

गुल्मी– गुल्मीको मदाने गाउँपालिकाले स्थानीय नागरिक र सामुदायिक खानेपानी योजनाका

बहुविवाहको मुद्दामा समातिए एमाले केन्द्रीय सदस्य शेर्पा

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्