उच्च मनोबलका साथ काम गर्न सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन « Khabarhub

उच्च मनोबलका साथ काम गर्न सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले देश र जनताको सुरक्षामा उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी नायब उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृतलाई आज दर्ज्यानी चिह्न प्रदान गर्दै उनले नेतृत्व तहले राष्ट्र जनता र सङ्गठनको हितमा कार्य गरेको भन्दै उनले आफूले के पाएँभन्दा पनि मैले मुलुकका लागि के गरेँ भनेर सोच्नुपर्ने उल्लेख गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफूलाई समयसापेक्ष परिवर्तन गर्दै मुलुक र जनताको हितमा कार्य गर्नसमेत प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

राष्ट्र, राष्ट्रियता र जनताभन्दा ठूलो केही नभएको उल्लेख गर्दै उनले प्रत्येक राष्ट्रसेवक कर्मचारी इमान्दार र कर्तव्यनिष्ठ काम गर्नुपर्नेमा जोड दिए ।

उनले नेपाल सरकारबाट प्राप्त निर्देशनअनुसार २२१ वटा सीमा निगरानी चौकी (वीओपी) लाई एक वर्षभित्र स्थापना गर्ने लक्ष्यअनुरुप हालसम्म १२३ ठाउँमा स्थापना भइसकेको जानकारी दिए ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  १० : २४ बजे

नागरिकको चाहनाअनुसारको काम गर्न दृढ छौँ : मुख्यमन्त्री जम्मकट्टेल

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी

गर्मी मौसममा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय

विस्तारै–विस्तारै हामी जाडो मौसमलाई छोडेर गर्मी मौसममा प्रवेश गर्दैछौं। यो

मन्त्रालय टुंगाउन गठबन्धनको बैठक आज पनि बस्ने

काठमाडौँ – सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ।

एपिएफ क्लबलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

मोरङ- साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै भारत

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज चैत १५ गते बुधबारका