एकै परिवारका १८ जना कोरोना संक्रमित निको भइ अस्पतालबाट डिस्चार्ज | Khabarhub Khabarhub

एकै परिवारका १८ जना कोरोना संक्रमित निको भइ अस्पतालबाट डिस्चार्ज


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार एकै परिवारका १८ जना कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट आइतबार राति डिस्चार्ज भएका हुन् ।

उनीहरुमध्ये एक जना गत बैशाख २१ गते  कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उनको परिवारका अन्य १७ जना बैशाख २४ गते कोरोना पुष्टि भएसँगै अस्पताल भर्ना भएका थिए ।

उनीहरु सबैको पछिल्लो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई आजै डिस्चार्ज गरिएको डा. सिंहले बताए ।

अस्पतालबाट घर नजिकै रहेका कारण राति नै डिस्चार्ज गरिएको उनले बताए ।

 

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ११ : ०४ बजे

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई