विश्वभर ९३ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर ९३ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण विश्वभर ९३ लाखभन्दा बढी संक्रमित भएका छन् । बुधवार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ९३ लाख ६० हजार ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४ लाख ७९ हजार ७ सय ७७ पुगेको छ ।

विश्वका २१५ वटा राष्ट्रमा फैलिएको कोरोना भाइरस संक्रमितमध्ये ५० लाख ४१ हजार १ सय ३७ जना कोरोना संक्रमित निको भइसकेका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका ३८ लाख ३१ हजार ७ सय ३१ जना कोरोना भाइरससँगको लडाइँ लडिरहेका छन् ।

कोरोना भाइरसका कारण संयुक्त राज्य अमेरिकामा मात्र २४ लाख २४ हजार १ सय ६८ जनामा कोरोनाको पुष्टि भएको छ भने १ लाख २३ हजार ४ सय २३ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसका कारण युरोपेली मुलुकमा २३ लाख ४२ हजार २ सय ७१ जना कोरोना संक्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा १३ हजार ७ सय २४ जना थपिएका छन् ।

यस्तै उत्तर अमेरिकी मुलुकहरुमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २८ लाख १९ हजार ९ सय ३१ पुगेको छ ।

एसियाली मुलुकहरुमा सबैभन्दा बढी भारत र त्यसपछि इरानमा कोरोनाको संक्रमण बढी देखिएको छ । एसियाली मुलुकहरुमा १९ लाख ८२ हजार ६ सय २ जना कोरोना संक्रमित देखिएका छन् । यी मुलुकमा ५० हजारले ज्यान गुमाइसकेका छन् ।

अफ्रिकी मुलुकमा कोरोना संक्रमितको सङ्ख्या ३ लाख २७ हजार ४ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । यीमध्ये पछिल्लो २४ घण्टामा ९ हजार १ सय ४३ जना संक्रमित थपिएका छन् ।

विश्वमा कोरोना संक्रमित संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी (२४ लाख २४ हजार १ सय ६८) जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

छिमेकी मुलुक भारत बढी कोरोना संक्रमित राष्ट्रमध्ये चौथो नम्बरमा छ । संयुक्त राज्य अमेरिका, ब्राजिल र रसियापछि भारतमा कोरोना संक्रमितको संख्या बढी देखिएको छ ।

पछिल्लो अपडेट अनुसार ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ११ लाख ५१ हजार ४ सय ७९ पुगेको छ भने रसियामा ५ लाख ९९ हजार ७ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतमा कोरोना संक्रमितको सङ्ख्या ४ लाख ४० हजार २ सय १५ पुगेको छ । १४ हजार जनाले ज्यान गुमाएका छन् ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या १० हजार ९९ पुगेको छ भने २४ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । यीमध्ये २ हजार २ सय २४ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ७ : १९ बजे

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ