जम्मु-कस्मिरमा भएको गोलाबारीमा एक नेपालीको मृत्यु « Khabarhub

जम्मु-कस्मिरमा भएको गोलाबारीमा एक नेपालीको मृत्यु


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको जम्मु-कस्मिरमा भएको गोलाबारीमा परी भारतीय सेनामा कार्यरत गुल्मीका एक युवाको मृत्यु भएको छ।

गुल्मीको छत्रकोट गाउँपालिका वडा- ५ खर्ज्याङ घर भएका भारतीय सेनाका हवल्दार दीपक कार्कीको गत सोमबार बिहान भएको गोलाबारीमा परी निधन भएको हो ।

कार्की जम्मु काश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा ड्युटीमै रहँदा गोलाबारीमा पाकिस्तानतिरबाट गोलाबारी भएको थियो। गोलाबारीमा घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्द्र आनन्दले पाकिस्तानी सेनाको आक्रमणमा ३/५ गोरखा राइफल्समा कार्यरत कार्कीको मृत्यु भएको बताएका छन्।

१८ वर्ष अघि भारतीय सेनामा भर्ती भएका ३८ वर्षीय कार्की हाल रूपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्राम बस्दै आएका थिए।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ७ : ३५ बजे

कांग्रेसको वडा अधिवेशन सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन शनिबारबाट सुरु भएको

नेपालको संविधान : शान्ति र सहकार्यको साझा दस्तावेज

काठमाडौं- कुनै पनि देशको संविधान राज्यअर्थात् शासन सञ्चालनको कानुनी दस्तावेज

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन