अमेरिकामा विदेशी कामदारलाई रोक « Khabarhub

अमेरिकामा विदेशी कामदारलाई रोक


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कामदारका लागि दिँदै आइएको भिसा यस वर्षको अन्त्यसम्मका लागि रोक लगाएका छन् ।

राष्ट्रपतिको पछिल्लो निर्णयले अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) का कारण जागिर गुमाएकाहरूलाई राहत पुग्ने ह्वाइटहाउसले जनाएको छ ।

जसका कारण संकटपूर्ण अर्थतन्त्रलाई केही टेवा पुग्ने ट्रम्पको भनाइ छ । तर, व्यापारिक समूहहरूले भने सरकारी निर्णयको विरोध गरेका छन् ।

राष्ट्रपति ट्रम्पले निलम्बन गरेको ‘एच–१ बी’ भिसाका कारण भारतका सूचना प्रविधिसम्बन्धी कम्पनी र कामदारहरू बढी प्रभावित हुने जनाइएको छ । अमेरिकाले प्रत्येक वर्ष ८५ हजार ‘एच–१ बी’ भिसा जारी गर्दै आएको छ । तीमध्ये करिब ७० प्रतिशत भारतीय छन् ।

ट्रम्पको उक्त निर्णयले उच्च सीप भएका प्रविधि क्षेत्रका कामदार, गैरकृषि क्षेत्रका मौसमी सहयोगी, आय र उच्च तहमा कार्यरत कर्मचारी काम गर्ने कार्यकारीहरू प्रभावित हुने जनाइएको छ ।

के हो एच-१ बी भिसा ?

एच- १ बी भिसा अमेरिकी श्रम बजारमा आवश्यक दक्ष कामदारलाई दिइने रोजगारीमा आधारित भिसा हो ।

सन् १९५२ मा अमेरिकी कंग्रेसले पारित गरेको ‘आप्रवासन एवं राष्ट्रियता ऐन’ मार्फत् यो भिसाको परिकल्पना गरिएको थियो । यद्यपि सन् १९९० पछि नर्सहरुका लागि एचवान ए र अन्यका लागि एचवान बी भनी एच- वान भिसाको वर्गिकरण गरिएको थियो । उच्च शिक्षा हासिल गरेका र अमेरिकी श्रम बजारमा धेरै माग रहेका दक्ष कामदारलाई यो भिसा दिइन्छ ।

यसअघिसम्म यो भिसा चाहनेका रोजगारदाताले अमेरिकाको नागरिकता एवं अध्यागमन सेवामा आवेदन दिनुपर्थ्यो। त्यसपछि मात्र अमेरिकाको नागरिकता एवं अध्यागमन सेवा युएससीआईएसले आवेदकहरुबाट छानेर निश्चित संख्याका आवेदकलाई मात्र भिसा उपलब्ध गराउँथ्यो ।

यसबाट युएससीआईएस र आवेदकलाई अनावश्यक कागजी झन्झट हुने गरेकोमा यसका लागि नयाँ प्रक्रिया थालनी गरिएको छ । यसअनुसार वर्ष २०२१ का लागि नयाँ प्रक्रियामार्फत रोजगारदाताले यो भिसाका लागि अनलाइनमार्फत् आवेदन दिनुपर्ने प्रक्रिया अघि बढाइएको थियो ।

गैरआप्रवासीहरूका लागि जारी गरिने ‘एच–१ बी’ भिसावाहकले ६ वर्षसम्म अमेरिकामा काम गर्न पाउँछन् । सामान्यत: अमेरिकामा कामदार अभाव भएपछि विदेशीहरूका लागि यस्तो भिसा दिने गरिन्छ ।

‘एच–१ बी’ भिसा पाउने जुनसुकै विदेशीहरूले अमेरिकामा स्थायी बसोबासका लागि आवेदन दिन तथा सम्पत्ति खरिद गर्न पाउनेछन् ।

यो भिसाअन्तर्गत भारतीय प्रविधि कम्पनी बिप्रो, इन्फोसिस र टाटा कन्सल्टेन्सी सर्भिसेजले अमेरिकामा कामदार पठाउँदै आएका थिए । यस भिसाअन्तर्गत अमेरिकाका गुगल, फेसबुक तथा ट्वीटरले भारतका कामदार अमेरिका ल्याउने गरेका थिए ।

ट्रम्पको घोषणाले खासगरी भिसाका लागि आवेदन दिने तयारीमा रहेकाहरूलाई प्रभाव पर्ने बीबीसीले जनाएको छ । त्यस्तै, आफ्नो देश फर्केका ‘एच–१ बी’ भिसावाहक समेत यो वर्ष अमेरिका प्रवेश गर्न पाउने छैनन् ।

नयाँ नियमका कारण अमेरिकामा काम गर्ने करिब ५ लाख २५ हजार विदेशीसमेत प्रभावित हुने जनाइएको छ । जसमा स्थायी आवासका लागि नयाँ ग्रिन कार्ड लिने तयारीमा रहेका करिब १ लाख ७० हजार विदेशी कामदार छन् ।

ट्रम्प प्रशासनले गत अप्रिलमा पहिलोपटक स्थायी बसोबास तथा ग्रिन कार्डका लागि हुने प्रक्रिया रोक्ने बताएको थियो । उक्त घोषणाको समय सोमबार सकिएको छ । तर अब यो वर्षको अन्त्यसम्म नयाँ नियम लागू हुनेछ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ७ : ५४ बजे

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

तनहुँ– मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी

निर्वाचन सफल गराउन सबैले सहयोग गर्नुपर्छ : चिरीबाबु महर्जन

काठमाडौं– ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल गराउन

सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले काम गरिरहेको छ :  प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले

तस्बिरमा हेर्नुहोस्, ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस

काठमाडौं– ललितपुर महानगरपालिकाले बुधबार आफ्नो १०७ औँ स्थापना दिवस मनाएको

कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

एजेन्सी– कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको