किसानलाई कामको चटारो (फोटो फिचर) | Khabarhub Khabarhub

किसानलाई कामको चटारो (फोटो फिचर)


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनसुन सुरू भएसँगै किसान अहिले खेतिपातीमा व्यस्त हुन थालेका छन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनले व्यापार व्यवसाय ठप्प हुँदा किसानको दैनिकी भने दिन प्रतिदिन व्यस्त हुन थालेको छ ।

त्यसमा पनि लकडाउनले युवापुस्ता गाउँ फर्कँदा खेतिपाती लगाउन र उठाउन सजिलो भएको किसानहरूको भनाई छ ।

हेरौँ विभिन्न ठाउँमा खेतीमा व्यस्त किसानको दैनिकी

पोखरा महानगरपालिका–१८ फेवाताल नजिक सेदी आसपास क्षेत्रमा रोपाइँका लागि खेत जोत्दै किसान ।
ललितपुुरको टीकाभैरव क्षेत्रमा रोपाइँ गर्नका लागि खेत जोत्दै स्थानीय किसान ।
कैलालीको भजनीका किसान चैतेधान स्याहार्दै । किसानलाई यस वर्ष जेठ मै वर्षा भएर खेतमा पानी भरिएपछि धानका बाला काटेर सडकमा दाउन थालेका हुन ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी धान रोप्न पावर टिलरको सहायताले खेत तयार गर्दैै ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी धान रोप्न पावर टिलरको सहायताले खेत तयार गर्दैै ।

गुलरियाको बारबर्दिया नगरपालिका–५ तरकापुरमा खेतको पानीसँगै गोधुली साँझ ।
स्थानीय भूमेथान खेतमा रोपाईँ गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित तुर्खाका किसान ।
पोखरा–१८ स्थित सेतीको फाँटमा धान रोपेर फर्किदै किसान
पोखरा कुँडहरुमा धान रोप्दै महिला
पोखरा कुँडहरुमा धान रोप्दै महिला ।
तनहुँको शुक्लागण्डकी नगरपालिका एक्लेखेतस्थित धान खेतमा रमाउँदै गरेका बालबालिका । कोरोना कहरका कारण विद्यालय बन्द रहेकाले आमाबाबुसँगै खेतमा पुगेका बालबालिका खेतमा हिलोमा खेल्दै रमाएका हुन ।

तस्वीर : रासस

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ९ : ३३ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले