अस्ट्रेलियामा वृद्ध महिलासँग लाखौं ठग्ने २ नेपाली जेल चलान | Khabarhub Khabarhub

अस्ट्रेलियामा वृद्ध महिलासँग लाखौं ठग्ने २ नेपाली जेल चलान


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ट्रेलियामा ठगी आरोपमा पक्राउ परेका दुई जना नेपालीलाई जेल पठाइएको छ ।

पश्चिमी सिड्नीकी एक वृद्ध महिलासँग हजारौं डलर ठगी गरेको आरोपमा उनीहरुलाई सिड्नीस्थित एक अदालतले जेल चलान गरेको हो ।

प्रहरीले २२ वर्षकी नेहा गिरी र १९ वर्षका आयुष भट्टराईलाई स्थानीय समयअनुसार सोमबार अपरान्ह साढे ४ बजे टेलोपियामा एक घरबाहिरबाट पक्राउ गरेको थियो ।

अस्ट्रेलियाको समाचार वेबसाइट नाइनन्यूजका अनुसार यी दुईलाई बेइमानी र धोखाधडीबाट सम्पत्ति आर्जन गरेको ५ वटा आरोप र जानीजानी आपराधिक क्रियाकलापमा संलग्न भएको ३ वटा आरोप लागेको छ । उनीहरुले ८५ वर्षकी एक महिलालाई झुक्याएर हजारौं डलर ठगी गरेको आरोप छ ।

समाचारमा जनाइए अनुसार पीडित ८५ वर्षकी महिलालाई एउटा फोन कल आएको थियो । फोन गर्नेले आफू उनको बैंकबाट बोलेको भन्दै उनको बैंक खाता रोक्का भएकोले उनले अर्को खाता खोल्नुपर्ने बताएका थिए । फोन गर्नेले महिलालाई एक कुरियरलाई ३ हजार डलर दिन भनेका थिए । कुरियरका कर्मचारी महिलाको घरमै आउने र त्यो रकम उनको खातामा जम्मा गरिने बताइएको थियो ।

महिलाले कुरियल वालालाई ३ हजार डलर दिइन् र यसबारे पुलिसलाई पनि जानकारी दिइन् । पछि महिलालाई फेरि अर्को फोन कल आयो । फोन गर्नेले उनलाई अझै ५ हजार डलर दिनुपर्ने बताए । पुलिसले नेपाली जोडीलाई सोमबार ती महिलाको घरमा पैसा लिन आएको बेला पक्राउ गरेको जनाइएको छ ।

अनुसन्धानमा भारतमा आधारित रहेर अस्ट्रेलियामा सक्रिय सदस्यहरुबाट ठगी धन्दा चलाइरहेको गिरोहबारे खुलासा भएको छ । यो गिरोहले अस्ट्रेलियामा यस्तै गरी झुक्याएर पैसा ठग्ने र विद्युतीय माध्यमबाट विदेश पठाउने गरिरहेका थिए । अनुसन्धानकर्ताहरुले यस्तै किसिमका फोन कल आएका अन्य पीडितहरुको पनि पहिचान गरेका छन् ।

गिरी र भट्टराईलाई मंगलबार पारामाट्टाको स्थानीय अदालतमा उपस्थित गराइएको थियो । अदालतमा यी दुवैले जमानतको लागि अर्को प्रयासस्वरुप कुनै आवेदन नगरेको बताइएको छ । अदालतले उनीहरुलाई जेल पठाएको छ । अब उनीहरुलाई अगष्ट २० मा फेरि अदालतमा उपस्थित गराइनेछ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ९ : ४९ बजे

जसपा विभाजन भएको छैन : प्रवक्ता सुमन

काठमाडौं– जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी

अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आयोगकाे आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले तीनै तहका सरकारले समन्वय गरी

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न