स्वीकृतिबिना रेष्टुरेन्ट तथा होटल सञ्चालन गर्न नपाइने « Khabarhub

स्वीकृतिबिना रेष्टुरेन्ट तथा होटल सञ्चालन गर्न नपाइने


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- जिल्ला प्रशासन कार्यालय चितवनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन नगर्न निर्देशन दिएको छ ।

एक सूचना जारी गर्दै प्रशासनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा रेष्टुरेन्टबाट ‘टेक अवे’ सेवा दिन र होटलले क्वारेन्टिन सेवा दिन जिल्ला प्रशासन कार्यालयबाट पूर्वस्वीकृति लिएर मात्र सञ्चालन गर्न पाइने व्यवस्था रहेको उल्लेख छ ।

कोभिड–१९ सङ्क्रमणको जोखिम नहुने गरी स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर त्यस्तो सेवा दिन चाहने इच्छुक रेष्टुरेन्ट तथा होटलले पालना गर्ने मापदण्डसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन प्राप्त हुन आएमा निर्णयतर्फ उचित विचार हुने सूचनामा जनाइएको छ ।

बन्दाबन्दी खुकुलो भएसँगै जिल्लामा होटल रेष्टुरेन्ट पनि खुल्ने क्रम बढेको छ । यसअघि पनि प्रशासनले सूचना जारी गरेर रेष्टुरेन्ट तथा होटल सञ्चालन नगर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  १ : १० बजे

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ