कर्णालीमा ४ स्वास्थ्यकर्मीसहित २८ जनामा कोरोना संक्रमण « Khabarhub

कर्णालीमा ४ स्वास्थ्यकर्मीसहित २८ जनामा कोरोना संक्रमण


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशमा ४ जना स्वास्थ्यकर्मीसहित थप २८ जनामा कोरोना संक्रमण पृष्टी भएको छ ।

प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार २० र कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षण अनुसार थप ८ जनामा कोरोना संक्रमण पृष्टी भएको हो ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १३ सय ३५ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार बुधबार कोरोना पृष्टी भएकामध्ये सुर्खेतका १३, दैलेखका ३, जाजरकोट, कालिकोट, दाङ र धनुषाका १-१ जना, जुम्लाका ४ जना स्वास्थ्यकर्मी (२ महिला, २ पुरुष), रुपन्देही, सप्तरी, ताप्लेजुङ र उदयपुरका १-१ जना व्यक्ति रहेका छन् ।

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पृष्टिपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्र सिल गरिएको छ । भने जुम्ला सदरमुकाम क्षेत्र निषेधाज्ञा जारी गरिएको छ । यस्तै बुधबार ८ जनाले कोरोना जितेर घर फर्किएपछि कर्णालीमा कोरोनाबाट निको हुनेको संख्या ५ सय ६८ पुगेको छ । भने कर्णालीमा पृष्टी भइ मृत्यु हुनेको संख्या ५ पुगेको छ । कर्णालीमा हालसम्म १८ हजार बढीको कोरोना परीक्षण गरिएको छ ।

कर्णालीमा हालसम्म सबैभन्दा बढी दैलेखमा ७ सय ३६ र सबैभन्दा कम डोल्पामा १ तथा मुगु र हुम्लाका २-२ जनालाई कोरोना पृष्टि भएको छ । यस्तै सल्यानका १ सय ६३, सुर्खेतका ३ सय १५, जाजरकोट ११, कालिकोट ४४, जुम्लामा २८ र अन्य प्रदेशका २२ जनामा कोरोना पृष्टि भएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ५ : ४६ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७