नागरिक सडक संघर्षमा उत्रिनुपर्ने अवस्था किन सिर्जना भयो : पूर्वराजा शाह « Khabarhub

नागरिक सडक संघर्षमा उत्रिनुपर्ने अवस्था किन सिर्जना भयो : पूर्वराजा शाह


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना माहामारीबाट प्रभावित भई स्वदेश फर्किएकालाई रोजगारीको व्यवस्था गर्न आग्रह गरेका छन् । बुधबार एक सन्देश गर्दै पूर्वराजा शाहले यस्तो आग्रह गरेका हुन् ।

उनले  यस वर्ष आफ्नो जन्मदिन नमनाउने घोषणा गरेका छन् । उनले मुलुकलाई कोरानाभाइरसले आक्रान्त पारेको तथा जनताले ज्यान गुमाउनुका साथै संक्रमित भएको  विषम अवस्थामा आफूले यही महिना पर्ने जन्मदिन नमनाउने निर्णय गरेको जानकारी दिएका हुन् ।

साथै उनले आरोप प्रत्यरोप, निषेध र प्रतिशोधको भावनाले कसैको हित नगर्ने भन्दै पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रियता, एकतालाई मुल मन्त्र बनाउँदै अघि बढ्नु पर्ने बताएका छन् । कोरोना रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्यालगायतका विषयमा विवाद भइरहनु र यही विषयलाई लिएर होनाहार युवा सडकमा उत्रिरहनु पर्ने अवस्था विचारणीय रहेको उनले आफ्नो वक्तव्यमा भनेका छन् ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ६ : ३६ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७