रुकुम घटनामा संलग्न २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश « Khabarhub

रुकुम घटनामा संलग्न २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुम घटनामा संलग्न रहेको आरोप लागेका २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न रुकुम जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश विद्याराज पौडेलको इजलाशले रुकुमको सोती घटनामा संलग्न रहेको आरोप लागेका वडाध्यक्षसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अदालतले एक जनालाई एक लाख धरौटीमा रिहा गर्न र तीन जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

अदालतले थुनामा पठाएकाहरुमा वडाध्यक्ष डम्मरबहादुर मल्लसहित डिल्लीबहादुर मल्ल ठकुरी, प्रेमवहादुर मल्ल ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपवहादुर मल्ल, परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६(१) र परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (३) रहेका छन् ।

त्यस्तै तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर भन्ने इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनाराज राना, नविनकुमार घर्तीमगर, विराज पुनमगर, भीमबहादुर पुनमगर, रमित पुनमगर, सर्वजित भन्ने सविन पुन र मोहन पुनमगरलाई पनि पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।

परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (२) एक लाख धरौटीमा रिहा गर्न र तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल र दिपेन्द्र चन्द भने साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको हो । प्रहरीले प्रतिवादी बनाएर मुद्धा दायर गरेका तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, शौरभ पुन र भीमबहादुर बुढा फरार छन् ।

रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा एक महिनाअघि भएको घटनामा जाजरकोटका पाँच र रुकुम पश्चिमका एक गरी ६ जनाको ज्यान गएको थियो । घटनामा संलग्न रहेको आरोपसहित जिल्ला सरकारी वकिल कार्यालय रुकुमले ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ८ : ५३ बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका