रुकुम घटनामा संलग्न २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश « Khabarhub

रुकुम घटनामा संलग्न २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुम घटनामा संलग्न रहेको आरोप लागेका २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न रुकुम जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश विद्याराज पौडेलको इजलाशले रुकुमको सोती घटनामा संलग्न रहेको आरोप लागेका वडाध्यक्षसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अदालतले एक जनालाई एक लाख धरौटीमा रिहा गर्न र तीन जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

अदालतले थुनामा पठाएकाहरुमा वडाध्यक्ष डम्मरबहादुर मल्लसहित डिल्लीबहादुर मल्ल ठकुरी, प्रेमवहादुर मल्ल ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपवहादुर मल्ल, परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६(१) र परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (३) रहेका छन् ।

त्यस्तै तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर भन्ने इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनाराज राना, नविनकुमार घर्तीमगर, विराज पुनमगर, भीमबहादुर पुनमगर, रमित पुनमगर, सर्वजित भन्ने सविन पुन र मोहन पुनमगरलाई पनि पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।

परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (२) एक लाख धरौटीमा रिहा गर्न र तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल र दिपेन्द्र चन्द भने साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको हो । प्रहरीले प्रतिवादी बनाएर मुद्धा दायर गरेका तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, शौरभ पुन र भीमबहादुर बुढा फरार छन् ।

रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा एक महिनाअघि भएको घटनामा जाजरकोटका पाँच र रुकुम पश्चिमका एक गरी ६ जनाको ज्यान गएको थियो । घटनामा संलग्न रहेको आरोपसहित जिल्ला सरकारी वकिल कार्यालय रुकुमले ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ८ : ५३ बजे

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको