तीन महिनाको घरभाडा र बहालकर छुट दिने पोखरा महानगरको घोषणा « Khabarhub

तीन महिनाको घरभाडा र बहालकर छुट दिने पोखरा महानगरको घोषणा


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब सवा ६ अर्बको बजेट प्रस्तुत गरेको छ ।

महानगरको छैटौं नगरसभामा बुधबार महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०७७/७८ का लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजारको बजेट प्रस्तुत गरेकी हुन्। यो बजेट अघिल्लो वर्षको भन्दा ८५ करोड ६८ लाखले कम हो ।

महानगरले कुल बजेटको चालु खर्चतर्फ ५२ प्रतिशत अर्थात तीन अर्व २० करोड ८४ लाख र पुँजीगततर्फ ४८ प्रतिशत अर्थात २ अर्व ९८ करोड ८८ लाख रुपैयाँको विनियोजन गरेको छ । त्यस्तै महानगरको कार्यक्रम खर्चतर्फ चार अर्व ६१ करोड ६८ लाख र प्रशासनिक खर्चमा एक अर्व ५८ करोड चार लाख विनियोजन गरिएको छ ।

प्रस्तुत बजेटको खर्च बेहोर्ने श्रोतमध्ये संघीय सरकारबाट २ अर्ब ५२ करोड ६० लाख, गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख ६६ हजार गरी जम्मा अन्तर सरकारी वित्तीय हस्तान्तरण बापत २ अर्ब ६३ करोड १९ लाख ६६ हजार, अन्तर सरकारी अख्तियारीबाट ८५ करोड प्राप्त हुने अनुमान गरिएको बजेटमा उल्लेख छ । महानगरले आन्तरिक स्रोतबाट २ अर्ब ३६ करोड ४२ लाख १२ हजार प्राप्त हुने बजेटमा उल्लेख छ ।

महानपालिकाले सडक कनेक्टीभिटीदेखि आकाशेपुल निर्माणसम्मलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । महानगरका सहरी र पहाडी क्षेत्रमा सडक कनेक्टिभिटी बनाउनका लागि ६५ करोड ४४ लाख ९२ हजार बजेट विनियोजन गरेको छ ।

पोखराको सिर्जनाचोकमा निर्माणाधीन आकाशेपुल निर्माणका लागि १३ करोड ५० लाख ४२ हजार विनियोजन गरिएको छ भने पोखराको महेन्द्रपुलमा लिफ्टसहितको आकाशेपुल निर्माण गर्न १ करोड ४० लाख विनियोजन गरेको छ ।

त्यस्तै, महानगरका ब्यस्त चोकहरुमा ट्राफिक लाइट जडान गर्ने भन्दै सोका लागि बजेट विनियोजन गरेको छ । महानगरले पोखरा सभागृह मर्मतसम्भारका लागि ३ करोड बजेट विनियोजन गरेको छ भने अन्तर्रा राष्ट्रिय सभाहल निर्माणका लागिपनि बजेट विनियोजन गरेको जनाइएको छ ।

महानगरपालिकाले ‘हामी बनाउँछौं हाम्रो महानगर’ अभियान सञ्चालन गर्ने भएको छ । जन सहभागिता जुटाएर गर्ने सो कार्यक्रमका लागि महानगरपालिकाले २० करोड विनियोजन गरेको छ ।

महानगरपालिकाले पर्यटन क्षेत्रका लागि २ करोड ४६ लाख बजेट विनियोजन गर्दै पर्यटकीय राजधानी पोखरालाई विश्वभर चिनाउनका लागि विभिन्न भाषामा प्रचार सामग्री तयार गरेर प्रचारप्रसार गर्ने, महानगरलाई एग्रो टुरिजमको रुपमा विकास गर्ने, पर्यटकीय पूर्वाधार निर्माणलगायतका कार्य गर्ने जनाएको छ ।

महानगरपालिकाले भाडामा दिइएका घर तथा सटरहरुको लकडाउन शुरु भएको चैतदेखि जेठसम्मको तीन महिनाको घरभाडा र बहालकर छुट दिने घोषणा गरेको छ । साथै उसले घरभाडा मिनाहा गरेमा घरधनीहरुलाई बहालकर छुट दिने समेत घोषणा गरेको छ । महानगरले कोरोनाका कारण व्यवसायमा असर परेकाहलाई विशेष कर छुट दिने जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ११ : ०६ बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका