युभेन्टसको अप्रत्याशित हार, तीन खेल अगावै उपाधि जित्ने मौका गुमायो « Khabarhub

युभेन्टसको अप्रत्याशित हार, तीन खेल अगावै उपाधि जित्ने मौका गुमायो


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा लिग लिडर युभेन्ट्सले अप्रत्याशित हार ब्योहोरेको छ ।

उपाधि नजिक रहेको युभेन्ट्स बिहीबार राति उडिनेजेसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

उडिनेजेको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स पराजित भएको हो । खेलको ४२औं मिनेटमा म्याथिस डी लिग्टले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ५२औं मिनेटमा ल्लिजा नेस्टोरभोस्कीले गोल गर्दै उडिनेजेलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा सेको फोफानाले गोल गर्दै उडिनेजेलाई २-१ को जीत दिलाए ।

उडिनेजेसँग पराजित भएसँगै युभेन्ट्सले उपाधि जित्न अर्को खेल कुर्नुपर्ने भएको छ । उपाधिका लागि ३ अंक मात्रै टाढा रहेको युभेन्टसले बाँकी रहेका ३ खेलमध्ये कम्तिमा एउटा जीतले पनि उपाधि पक्का गर्नेछ ।

युभेन्ट्स लगातार नवौं सिजन सिरी ‘ए’ को उपाधि जित्ने संघारमा रहेको छ । युभेन्ट्सले सन् २०११/१२ को देखि लगातार उपाधि जित्दै आइरहेको छ । यस सिजनको उपाधि जितेमा युभेन्ट्सले ३६औं सिरी ‘ए’ उपाधि हात पार्नेछ ।

घरेलु टोलिसँग पराजित भएको युभेन्ट्सले ८० अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानको एटलान्टा भन्दा ६ अंकले अघि रहेको छ । उडिनेजे ३९ अंक जोडेर १५औं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ५ : ३० बजे

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ

विभिन्न जिल्लामा वर्षा

काठमाडौं – पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण