काठमाडौँको बाफलमा युवतीलाई एसिड प्रहार गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

काठमाडौँको बाफलमा युवतीलाई एसिड प्रहार गरेको आरोपमा दुई जना पक्राउ


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको बाफलमा युवतीलाई एसिड प्रहार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गरेको आरोपमा दुई जनालाई नार्गजुन ४ सिर्जनसिल टोलबाट राति ११ बजेतिर पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर स्थायी ठेगाना हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भएका मुन्ना मोहम्मद छन् । युवतीलाई आफूहरूले मन पराएको तर, उनले अरू नै केटालाई मन पराएको थाहा पाएपछि एसिड प्रहार गरेको उनीहरूले बताएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो ।

कार्कीले एसिड प्रहार गर्ने व्यक्तिहरुलाई नचिनेको बताए पनि सीसीटीभी फुटेजमा देखिएको हुलियाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । एसीड प्रहारबाट घाइते युवतीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ७ : १० बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार