महाकवि देवकाेटा र भारतीय कवि बच्चनका साथमा राष्ट्रकवि घिमिरेको दुर्लभ तस्वीर | Khabarhub Khabarhub

महाकवि देवकाेटा र भारतीय कवि बच्चनका साथमा राष्ट्रकवि घिमिरेको दुर्लभ तस्वीर


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वामी विवेकानन्द कल्चरल सेन्टर, भातरीय दूतावास काठमाडौंले नेपाल–भारतबीच साहित्यिक सम्बन्ध झल्काउने ऐतिहासिक तस्वीर सार्वजनिक गरेको छ ।

कल्चरल सेन्टरले महाकवि लक्ष्मीप्रसाद देवकोटा र भारतीय कवि हरिवंश राय बच्चनका साथमा राष्ट्रकवि माधवप्रसाद घिमिरे सहभागी एक ऐतिहासि तथा दुर्लभ तस्वीर ट्वीटरमा सार्वजनिक गरेको हो ।

उसले सामाजकि सञ्जाल ट्वीटरमा लेखेको छ– नेपाल–भारतको साहित्यिक सहपरिचर्चा परिचायक दुर्लभ तस्वीर – नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा र भारतीय कवि हरिवंश राय बच्चन, साथमा नेपाली राष्ट्रकवि माधवप्रसाद घिमिरे।

छिमेकी मुलुक भारतसँग धार्मिक, सांस्कृतिक सम्बन्धमात्र नभइ परापूर्वकालदेखि साहित्यिक सम्बन्ध समेत प्रगाढ रहेको सार्वजनिक तस्वीरले झल्काएको छ ।

तस्वीरमा नेपाल–भारतका साहित्यिक श्रष्टाहरु उपस्थिति छन् । जहाँ महाकवि देवकोटाले एक पुस्तक पढिरहेका छन् भने भारतीय कवि राय बच्चन र राष्ट्रकवि घिमिरे लगायत साहित्यिक श्रष्टाहरु सामेल छन् ।

स्वामी विवेकानन्द कल्चरल सेन्टरले योगा, तबला, गायन र भरतनाट्यम नाच लगायतको प्रशिक्षण दिने गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ७ : ४० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र