महाकवि देवकाेटा र भारतीय कवि बच्चनका साथमा राष्ट्रकवि घिमिरेको दुर्लभ तस्वीर « Khabarhub

महाकवि देवकाेटा र भारतीय कवि बच्चनका साथमा राष्ट्रकवि घिमिरेको दुर्लभ तस्वीर


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वामी विवेकानन्द कल्चरल सेन्टर, भातरीय दूतावास काठमाडौंले नेपाल–भारतबीच साहित्यिक सम्बन्ध झल्काउने ऐतिहासिक तस्वीर सार्वजनिक गरेको छ ।

कल्चरल सेन्टरले महाकवि लक्ष्मीप्रसाद देवकोटा र भारतीय कवि हरिवंश राय बच्चनका साथमा राष्ट्रकवि माधवप्रसाद घिमिरे सहभागी एक ऐतिहासि तथा दुर्लभ तस्वीर ट्वीटरमा सार्वजनिक गरेको हो ।

उसले सामाजकि सञ्जाल ट्वीटरमा लेखेको छ– नेपाल–भारतको साहित्यिक सहपरिचर्चा परिचायक दुर्लभ तस्वीर – नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा र भारतीय कवि हरिवंश राय बच्चन, साथमा नेपाली राष्ट्रकवि माधवप्रसाद घिमिरे।

छिमेकी मुलुक भारतसँग धार्मिक, सांस्कृतिक सम्बन्धमात्र नभइ परापूर्वकालदेखि साहित्यिक सम्बन्ध समेत प्रगाढ रहेको सार्वजनिक तस्वीरले झल्काएको छ ।

तस्वीरमा नेपाल–भारतका साहित्यिक श्रष्टाहरु उपस्थिति छन् । जहाँ महाकवि देवकोटाले एक पुस्तक पढिरहेका छन् भने भारतीय कवि राय बच्चन र राष्ट्रकवि घिमिरे लगायत साहित्यिक श्रष्टाहरु सामेल छन् ।

स्वामी विवेकानन्द कल्चरल सेन्टरले योगा, तबला, गायन र भरतनाट्यम नाच लगायतको प्रशिक्षण दिने गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ७ : ४० बजे

मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई

काठमाडौँ– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले एमालेका तत्कालीन महासचिव

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

बागमती– बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ ।

न्युजिल्यान्डको सुरुवाती अग्रता उल्टाउँदै समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो इजिप्ट

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक

लुम्बिनी प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । आजदेखि आर्थिक वर्ष

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काठमाडौँ– नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन