चीनका कारण आफू डब्ल्युचएओ प्रमुख भएको अमेरिकी आरोपको डा. ट्रेडोसद्वारा खण्डन « Khabarhub

चीनका कारण आफू डब्ल्युचएओ प्रमुख भएको अमेरिकी आरोपको डा. ट्रेडोसद्वारा खण्डन


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख डा. टेड्रोस एडनाम गेब्रियेससले अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले लगाएको  आरोपको खण्डन गरेका छन् ।

अमेरिकी विदेशमन्त्रीले पोम्पिओले मंगलबार लण्डनमा चीनका कारण टेड्रोस गेब्रियेसस विश्व स्वास्थ्य संगठनका प्रमुख बनेको आरोप लगाएका थिए ।

बिहीबार जेनेभामा पत्रकारसँगको कुराकानीमा विश्व स्वास्थ्य संगठनका प्रमुखले गब्रियसले भने, ‘उनको बयान गलत, अस्वीकार्य र आधारहीन छ । यतिबेला संगठनको सबै ध्यान मानिसहरुलाई कसरी बचाउने भन्ने हो । यस्ता टिप्पणीले संगठनको ध्यान विचलित हुदैन ।’

अमेरिकाले लगातार डब्ल्युएचओको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ । चीनको पक्षमा काम गरेको तथा तथा कोरोनाबारे बेलैमा सूचित गर्न नसकेको जस्ता आरोप लगाउँदै अमेरिकाले डब्ल्युएचओसँगको सम्बन्ध तोडिसकेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ८ : १३ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको