पर्सामा पाँच थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

पर्सामा पाँच थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – पर्सामा पाँच थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पाँच थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोरोना विशेष अस्पतालका संयोजक डा.उदय नारायण सिंहले जानकारी दिए ।

वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका गरी ५ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरूमध्ये ४ जना भारतीय हुन् ।

‘५ जना थुनुवासहित ३२ जनामा कोरोना पुष्टि भएको हो’,  डा सिंहले खबरहसँग भने, “५ जना थुनुवा मध्ये ४ भारतीय नागरिक हुन् । उनीहरू यसै साता नेपाल प्रवेश गरेर घुसपैठ गर्न खोजेकाले पक्राउ गरेर रोग ऐन अन्तर्गत मुद्दा चलाउन लागिएको थियो, त्यहि क्रममा उनीहरुको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । अन्य २७ जना पर्सा कै हुन् ।’

डा सिंहका अनुसार अन्य संक्रमितहरू ९ महिने बालक देखि ६० वर्ष सम्मका महिला समेत रहेका छन् । अन्य संक्रमित भने कन्ट्याक्ट ट्रेसिङमा परीक्षणका क्रममा सम्पर्कमा आएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ८ : ५४ बजे

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१