पर्सामा पाँच थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

पर्सामा पाँच थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – पर्सामा पाँच थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पाँच थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोरोना विशेष अस्पतालका संयोजक डा.उदय नारायण सिंहले जानकारी दिए ।

वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका गरी ५ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरूमध्ये ४ जना भारतीय हुन् ।

‘५ जना थुनुवासहित ३२ जनामा कोरोना पुष्टि भएको हो’,  डा सिंहले खबरहसँग भने, “५ जना थुनुवा मध्ये ४ भारतीय नागरिक हुन् । उनीहरू यसै साता नेपाल प्रवेश गरेर घुसपैठ गर्न खोजेकाले पक्राउ गरेर रोग ऐन अन्तर्गत मुद्दा चलाउन लागिएको थियो, त्यहि क्रममा उनीहरुको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । अन्य २७ जना पर्सा कै हुन् ।’

डा सिंहका अनुसार अन्य संक्रमितहरू ९ महिने बालक देखि ६० वर्ष सम्मका महिला समेत रहेका छन् । अन्य संक्रमित भने कन्ट्याक्ट ट्रेसिङमा परीक्षणका क्रममा सम्पर्कमा आएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ८ : ५४ बजे

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ