१ हजार ७५० किलोमिटर दूरी गुड्न १ वर्ष ! « Khabarhub

१ हजार ७५० किलोमिटर दूरी गुड्न १ वर्ष !


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कुनै पनि सवारी साधनलाई करिब १ हजार ७५० किलोमिटरको यात्रा गर्न कति समय लाग्ला ?

गाडीको क्षमता अनुसार बढीमा ३ दिन । तर के कुनै पनि सवारीलाई यो दुरी पार गर्न १ वर्षभन्दा बढि समय लाग्ला र ? पक्कै लाग्दैन किनकी कोहि पनि मानिस हिडेर पनि जान चाह्यो भने यो दुरी पार गर्न लगभग ५०/६० दिनको समय पर्याप्त हुन्छ ।

तर भारतमा भने एक सवारी साधनलाई करिब १ हजार ७५० किलोमिटरको दूरी पार गर्न एक वर्षभन्दा बढि समय लागेको छ ।

भारतको महाराष्ट्रबाट केरलाको दुरी १ हजार ७५२ किलोमिटर छ । यो दूरीलाई पार गर्न एक ट्रकले एक वर्षभन्दा बढि समय लगाएको हो । खासमा एक भारी मेसिन बोकेर महाराष्ट्रबाट केरलामा डेलिवरी दिन हिडेको ट्रकले यति लामो समय लगाएको हो ।

एक स्पेस प्रोजेक्टसँग जोडिएको मेसिनलाई लिएर महाराष्ट्रबाट अघिल्लो वर्षको जुलाई ०८ मा हिडेको ट्रकले सोमबार मात्र केरलाको तिरुवनंतमपुरम स्थित विक्रम साराभाई स्पेस सेन्टर (वीएससीसी) मा यसको डेलिवरी दिएको छ ।

मेसिन बोकेर हिडेको सो ट्रकले यस अवधीमा ४ प्रदेशको यात्रा गरेको थियो । आइतबार केरला पुगेको उक्त ट्रकले सोमवार स्पेस सेन्टरमा डेलिवरी दिएको हो ।

वीएससीसीले एयरोस्पेस हरिजोन्टल अटोक्लेव मेसिनको अर्डर दिएको थियो । जुन मेसिन बिना वजनको पदार्थ बनाउन प्रयोग हुन्छ । उक्त मेसिनको वजन मात्र ७० टन भन्दा बढि थियो । यसको उचाई ७ दशमलव ५ मिटर रहेको थियो भने चौडाई ६ दशमलव ५ मिटर रहेको छ ।

यो मेसिनको वजन र यसको आकारको कारण यसलाई पुर्याउन यति धेरै समय लागेको हो । उक्त मेसिन मेसिन महाराष्ट्रको नासिकमा बनाइएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ९ : ५७ बजे

माथिल्लो त्रिशूली-३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

काठमाडौँ – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्