वर्षायाममा हुने आँखाको संक्रमणबाट यसरी बच्नुहोस् « Khabarhub

वर्षायाममा हुने आँखाको संक्रमणबाट यसरी बच्नुहोस्


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वर्षाको मौसममा बाहिरी खाना वा भिज्नबाट सबैले बच्ने कोशिस गर्दछ । तर यस मौसममा हुने असावधानीले भने हाम्रो आँखालाई भने नराम्रो असर पार्दछ ।

वर्षाको मौसममा आर्द्रता बढ्ने गर्दछ जो आँखाको संक्रमणको मुख्य कारण बनिदिन्छ । आँखाका बिषयमा हुने यो असावधानी बालबालिकाका लागी भने बढि खतरनाक हुन्छ ।

वयस्कको तुलनामा बालबालिकामा कम प्रतिरक्षा क्षमता हुने भएकाले संक्रमणको जोखिम उच्च रहन्छ । यस्तोमा बालबालिकाको आँखामा हुने सामान्य संक्रमणमा कन्जेक्टिवायटिस (नेत्रश्लेष्मलाशोथ) र आँखाको एलर्जी हुने गर्दछ ।

हुनत यस प्रकारको संक्रमण गराउने अन्य कारण पनि हुने गर्दछन् । जसमा ब्याक्टेरिया वा भाइरल संक्रमण जस्ता साधारण रुघा, फ्लू वा बारम्बार आँखा कन्याउनु पनि हो ।

तथापी यस प्रकारको संक्रमण वर्षाको कारणले नै हुने गर्दछ । यस्तोमा अभिभावकले विशेष सावधानी अपनाउन आवश्यक हुन्छ । अभिभावकले आफ्ना बालबालिकाको आँखामा हुने संक्रमणबाट बचाउन निम्न कुरामा ध्यान दिनु पर्दछ ।

१. बारम्बार हात धुने
बच्चाहरु जान अन्जानमा कैयो प्रकारका सतहलाई छोएर त्यहि हातले अनुहार र आँखा छुने गर्दछन् ।

यसले आँखाको संक्रमण हुने गर्दछ । तसर्थ अभिभावकले आफ्ना बच्चालाई बारम्बार हात धुने बानी सिकाउनु पर्दछ ।

२. नियमित आँखाको परीक्षण
बच्चाको आँखामा हुने संक्रमणबाट बचाउन वा भएको थाहा पाउन उनीहरुको आँखालाई नियमित परीक्षण गराइ रहनु पर्दछ । यसले आँखाको संक्रमण मात्र नभई अन्य समस्याको पनि समय अगावै जानकारी पाउन सकिन्छ ।

३. बाहरी तत्वबाट सुरक्षा
कन्जेक्टिवायटिस (नेत्रश्लेष्मलाशोथ) लगायतका संक्रमण एक बच्चाबाट अन्यमा नफैलियोस् भन्न उनीहरुलाई यसबारे ज्ञान र सर्तकताको उपाय बताउनुपर्दछ । विशेषत सरसफाईबारे जानकारी गराउने, सार्वजनिक स्थानमा खेलेर फर्कदा हातखुट्टा धुन लगाउने गर्नु पर्दछ ।

४. उचित उपचार
बालबालिकामा हुने यस प्रकारको संक्रमणबाट बचाउन सबैभन्दा आवश्यक हुन्छ उनीहरुलाई केहि समस्या हुनासाथ तुरुन्त विशेषज्ञबाट उपचार गराइ हाल्नु पर्दछ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १० : ०५ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र