सुशान्तको फिल्म हेरेर १३ वर्षीया बालिकाले गरिन् आत्महत्या, छोडिन् यस्तो नोट « Khabarhub

सुशान्तको फिल्म हेरेर १३ वर्षीया बालिकाले गरिन् आत्महत्या, छोडिन् यस्तो नोट


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको विषयलाई लिएर प्रहरीले सोधपुछ गरिरहेको छ । उनले गत १४ जुनमा मुम्बईस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

उनको आत्महत्यापछि बलिउडमा नेपोटिज्मको विषयलाई लिएर व्यापक बहस भएको छ भने फ्यान पनि दु:खी भएका छन् ।

सुशान्तको आत्महत्यापछि भारतमा उनका फ्यानले आत्महत्या गरेको खबर बाहिरिएका छन् । यसैबीच एक १३ वर्षीया बालिकाले सुशान्तको फिल्म हेरेर आत्महत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

एएनआईको रिपोर्टअनुसार सुशान्तको आत्महत्याबाट दुःखी ती बालिका ७ कक्षामा अध्ययनरत थिइन् । उनको नाम जे एञ्जेला हो । उनले छोडेको नोटमा लेखेकी छिन् – सुशान्त दुनियाँबाट जानु मलाई राम्रो लागिरहेको छैन, त्यसैले म आत्महत्या गर्दैछु ।

प्रहरीले उनको आत्महत्यापछि अनुसन्धान थालेको छ । मिडिया रिपोर्टका अनुसार आत्महत्या गर्नुभन्दा केही समय पहिले ती बालिकाले सुशान्तको फिल्म ‘छिछोरे’ हेरेकी थिइन् ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १० : ५१ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक