कोरोनाबाट ८५ वर्षे वृद्धाको मृत्यु, नेपालमा मृतकको संख्या ४४ पुग्यो « Khabarhub

कोरोनाबाट ८५ वर्षे वृद्धाको मृत्यु, नेपालमा मृतकको संख्या ४४ पुग्यो


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज- थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत ८५ वर्षीया वृद्धाको कोरोनाबाट मृत्यु भएको हो ।

वीरगन्ज महानगरपालिका– ११ निवासी उनमा मुटु रोगको समस्या भएको र अहिले निमोनिया भएर अस्पताल भर्ना भएको अस्पताल डाक्टर उदय नारायण सिंहले खबरहलाइ बताए ।

कोरोना अस्पतालका इन्चार्ज डा. निरज सिंहका अनुसार शुक्रबार कोरोना अस्पतालमा मृत्यु भएकी महिला वीरगन्जकै एडभान्स मेडिकेयर हस्पिटलबाट बिहीबार रिफर भएर कोरोना अस्पताल आएकी थिइन् ।

ती वृद्धामा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना अस्पतलाको आइसियु कक्षमा उपचार गर्दागर्दै शुक्रबार बिहान पौने ७ बजे उनको मृत्यु भएको डा सिंहले‍ बताए ।

गत मंगलबार कोरोना अस्पतालमै उपचार गराइरहेका वीरगन्ज– ६ माईस्थानका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो । बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएपछि ७० वर्षीय वृद्धको बिहीबार नेपाली सेनाले अन्तिम संस्कार गरेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  २ : ३८ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित