काठमाडौं उपत्यकामा थपिए १० कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा थपिए १० कोरोना संक्रमित


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा आज (शुक्रबार) कोरोना भाइरसका १० जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा काठमाडौंका १० जनामा संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना र त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका थप ५ जना गरी १० जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ४०७ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

३ हजार ९८७ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा १३३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सहित नेपालमा कोरोना पुष्टि हुनेको  संख्या १८ हजार ३७४ पुगेको छ। मन्त्रालयका अनुसार हाल नेपालमा जम्मा सक्रिय संक्रमितको संख्या ५ हजार ३८३ रहेको छ ।

यसैगरी हाल क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या १९ हजार ४४४ छ। पछिल्लो २४ घण्टामा १०७ जना डिस्चार्ज भएका छन्। हालसम्म १२ हजार ९४७ जना उपचारपछि निको भएर घर फर्किएका छन्। हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ४ : ३४ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित