स्याङ्जामा दुर्लभ प्रजातिको अजिङ्गर फेला « Khabarhub

स्याङ्जामा दुर्लभ प्रजातिको अजिङ्गर फेला


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- स्याङ्जाको चापाकोट नगरपालिका १० मा आज दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ ।

किसान भन्ने ठाउँमा फलेदाका रुखमा उक्त अजिङ्गर देखेपछि खेतमा पानी लगाउन गएका स्थानीयवासीले डिभिजन वन कार्यालय स्याङ्जा तथा चापाकोट प्रहरीचौकीमा खबर गरेका थिए ।

डिभिजन वन कार्यालय स्याङ्जाका डिभिजनन वन अधिकृत कोमलराज काफ्लेले सूचना पाएसँगै नजीकैको इलाका वन कार्यालय दामाचौरबाट कर्मचारी पठाइएको बताए ।

सो अजिङ्गर झण्डै १० फुट लम्बाइ र २५-३० केजी तौलको रहेको जनाइएको छ ।

“कालीगण्डकी नदी नजीकै रहेकाले पनि अजिङ्गर त्यतैबाट आएको हुन सक्छ, यो प्रजातिको अजिङ्गर पानीमा पौडिन र रुखमा सजिलैसँग चढ्न सक्ने खालको हुन्छ”, काफ्लेले भने, “यो संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत भएकाले पनि यसलाई सुरक्षित गर्नेतर्फ लागिरहेका छौंँ ।”

अजिङ्गर रहेको ठाउँमा नजान, नजिस्क्याउन र अनावश्यक भीडभाड नगर्न स्थानीयवासीलाई अनुरोध गरिएको वडा नं १० का वडाध्यक्ष रामु कोइरालाले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ५ : ०७ बजे

निर्माण व्यवसायी महासंघको नेतृत्वका लागि आज निर्वाचन हुँदै

काठमाडौँ– नेपाल निर्माण व्यवसायी महासंघको १३औँ महाधिवेशन अन्तर्गत आज नयाँ

प्रलोपाको अध्यक्ष परिषद् सदस्य सुदन किरातीले दिए राजीनामा

काठमाडौँ – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक