पहिराले ढुवानी रोकियो, बजारमा दूधको अभाव | Khabarhub Khabarhub

पहिराले ढुवानी रोकियो, बजारमा दूधको अभाव


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ – पहिरोले बाटो अवरुद्ध हुँदा बागलुङ बजारमा दूधको अभाव भएको छ ।

सदरमुकामबाट पश्चिम र दक्षिण जोड्ने सडकमा पहिरो झरेर अवरुद्ध भएपछि ढुवानी हुन नसक्दा बागलुङ बजारमा दूधको अभाव भएको हो । तीन दिनयता सडक अवरुद्ध हुँदा दूधको ढुवानी रोकिएको र बजारमा दूधको अभाव भएको बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले जनाएको छ ।

मध्यपहाडी लोकमार्गको बागलुङ अक्षेते खण्डमा ठाउँठाउँमा झरेको पहिराका कारण काठेखोला गाउँपालिकाबाट बागलुङ बजारमा बिक्री वितरणका लागि आउने दूध रोकिएको छ ।

सडकको अन्य विकल्प नभएका कारण काठेखोलाको बिहुँ, भीमापोखरालगायतका ठाउँका किसानले उत्पादन गरेको दूध रोकिएको सङ्घका अध्यक्ष दीपक गौतमले बताए । उनका अनुसार बागलुङका दुग्ध उत्पादक सहकारीले उत्पादन गर्दै आएको दूध बजार पठाउने काम ठप्प भएको छ ।

कालिगण्डकी करिडोरसमेत पहिराकै कारण अवरुद्ध हुँदा जिल्लाको दक्षिण क्षेत्रको दूध ढुवानी रोकिएको छ । दक्षिणका बलेवा, कुश्मीशेरालगायत क्षेत्रका किसानले उत्पादन गरेको दूध ढुवानीमा समस्या भएको कालिगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले जनाएको छ ।

संस्थाका अनुसार सवारी साधनमार्फत ढुवानी गरी सदरमुकाम बागलुङ बजार र पर्वतको सदरमुकाम कुश्मा बजारमा बिक्री हुँदै आएको दूध सडक अवरुद्ध हुँदा किसानकै घरमा रोकिएको छ । दूध उत्पादन गर्दै आएका किसानले भने गाईभैँसीलाई नै दूध खुवाउनु पर्ने अवस्था आएको बताइएको छ ।

पल्लोपाखा, नवनमूना, नारायणस्थान र कालीगण्डकीले एकमुष्ट दूध सङ्कलन गरेर बिक्री गर्दै आएका थिए भने जैमिनीले अलग्गै बजार पठाउने गरेको थियो । चार सहकारीले प्रत्येक दिन उत्पादन गरेको एक हजार लिटर दूध र जैमिनीले उत्पादन गर्ने ५०० लिटर दूध गाउँमै रोकिएको हो ।

बलेवाबाट झोलुङ्गे पुलमार्फत पर्वत सदरमुकाममा केही दूध ढुवानी भएको भए पनि बागलुङ बजारमा दूध आएको छैन । “सहकारी ल्याएको दूध बेचिन्थ्यो तीन दिन भयो दूध आएको छैन”, मिलन डेरीका सञ्चालिका हिरादेवी शर्माले भनिन्, “पोखराबाट दूध ल्याएर बेच्नुपर्ने अवस्था आइसक्यो ।” ढुवानी रोकिएपछि किसानको दूध खेर गएको छ भने बजारका उपभोक्ता दूध पाउनबाट बञ्चित भएका छन् ।

“थोरै दूध हुनेले त मोही बनाएर घ्यू निकालेका छन्”, बागलुङ पशु स्रोत विकास फार्मका अध्यक्षसमेत रहेका गौतमले भन्नुभयो, “फार्मको दूध खोलामा बगाउनुको विकल्पै छैन ।” बागलुङ बजारमा दैनिक तीन हजार ५०० देखि चार हजार लिटरसम्म दूधको खपत हुने गरेको छ ।

त्योमध्ये झण्डै दुई हजार ५०० लिटर दूध किसानले बनाएका सहकारीमार्फत नै बजारमा वितरण हुने गरेको गौतमले बताए ।

“बाटो खुलाउने अझै छाँटकाँट छैन, पानी परिरहेकाले पहिरो झरेको झरै छ”, उनले भने, “जनतन एक हजार लिटर दूध मात्रै पछिल्लो तीन दिनयता बजारमा बिक्री भएको छ ।” मध्यपहाडी लोकमार्गको बोक्सेमा गएको पहिरो पञ्छाउने काम भइरहेको भए पनि पहिरो झरिरहेकाले थप समस्या भएको प्रहरीले जनाएको छ ।

कालिगण्डकी करिडोरको पहिरो पञ्छाइनसक्दै पहिरो थपिने गरेकाले सवारी आवतजावतमा समस्या छ । बाढी र पहिराका कारण सडक अवरुद्ध भएर दूधको ढुवानीमा समस्या हुँदै सबैभन्दा धेरै मर्कामा व्यावसायिक किसान परेका छन् ।

अभावको मौका छोपेर सदरमुकाममा रहेका केही डेरी पसलले उपलब्ध भएको थोरै दूधलाई समेत दही बनाएर राखेका छन् । दूधको भन्दा दहीको मूल्य बढी पर्ने भएकाले ठूला डिलरले दही बनाउँदा साना डिपोमा दूधको अभाव भएको डिपो सञ्चालकको आरोप छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ६ : २५ बजे

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

लमजुङ – सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको

सिरियामा इजरायली एयरस्ट्राइक : रक्षा मुख्यालयमा आक्रमण, टेलिभिजन लाइभमै देखियो बमबारी

दमास्कस – इजरायलले बुधबार सीरियाको राजधानी दमास्कसस्थित रक्षा मुख्यालयमा हवाई

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका