सशस्त्र प्रहरीका २० जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

सशस्त्र प्रहरीका २० जनामा कोरोना संक्रमण पुष्टि


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- पूर्वी नाका काँकडभिट्टास्थित सशस्त्र प्रहरीको राजश्व तथा भन्सार गस्ती गुल्ममा कार्यरत २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार गुल्मका १८ जनामा आज र दुई जनामा तीन दिन अघि कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको हो ।

सो गुल्मका सशस्त्र प्रहरीले काँकडभिट्टा नाकामा भारतबाट आइपुगेका नेपालीलाई होल्डिङ सेन्टरमा सुरक्षा प्रदान गर्दै आएका छन् ।

तीन दिन अघि होल्डिङ सेन्टरमा खटिएको सशस्त्र प्रहरीको समूहको स्वाब सङ्कलन गरी परीक्षणका लागि धरान पठाइएकोमा आज १८ जनामा कोभिड–१९ पुष्टि भएको मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नविन बरालले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ९ : २४ बजे

बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

काठमाडौं– नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिक स्वार्थ पूर्ती

साजिद खान छायांकनका क्रममा घाइते भएपछि…

काठमाडौँ- बलिउड फिल्म निर्माता तथा निर्देशक साजिद खान मुम्बईमा छायांकनका

जनता समाजवादी पार्टी र जसपा नेपालबीच एकीकरण 

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता

रसुवागढी नाका अंग्रेजी नयाँवर्षदेखि पूर्णरुपमा खुल्ने

नेपाल– चीन सिमामा पर्ने लेहेन्दे खोलामा आएको बाढीका कारण ठप्प

वर्षाले क्षतिग्रस्त इलामका सडक मर्मत–पुनर्निर्माणका लागि २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौं–  गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका