वीरगञ्ज सीमानाकामा फहराइयो राष्ट्रिय झण्डा (फोटो फिचर) « Khabarhub

वीरगञ्ज सीमानाकामा फहराइयो राष्ट्रिय झण्डा (फोटो फिचर)


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्जको शंकराचार्य प्रवेशद्वारमा राष्ट्रिय झण्डा फहराइएको छ ।

पर्सा निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सांसद प्रदीप यादवको निजी खर्च र संसदीय कोषबाट गरी १३ लाख ६२ हजारको लागतमा राष्ट्रिय झण्डा फहराइएको हो ।

भारतको रक्सौलबाट वीरगञ्ज छिर्ने मुख्य नाका इनर्वास्थित शंकराचार्य प्रवेशद्धारकै अगाडि १ सय १० फिट अग्लो फलामे टावर (पोल) निर्माण गरी त्यसमा ३० फिट लम्बाइ र १५ फिट चौडाइको राष्ट्रिय झण्डा फहराइएको सांसद यादवले बताए ।

तत्कालीन समाजवादी पार्टी पर्साका अध्यक्ष राम नरेश प्रसाद यादवको अध्यक्षतामा भएको फ्ल्याग टावर उद्घाटन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, प्रहरी उपरीक्षक गंगा पन्त, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १० : २४ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको