बार्यन म्युनिखलाई छैटौं पटक च्याम्पियन्स लिगको उपाधि « Khabarhub

बार्यन म्युनिखलाई छैटौं पटक च्याम्पियन्स लिगको उपाधि


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन च्याम्पियन बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिग च्याम्पियन बनेको छ।

सोमबार बिहान लिसवनमा भएको फाइनल खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) लाई १-० गोल अन्तरले पराजित गर्दै बार्यनले छैटौँ पटक उपाधि हात पारेको हो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा बायर्नले ५९औं मिनेटमा किंग्सले कोमानको गोलमा लिएको अग्रता नै निर्णायक सावित भयो ।

खेलको शुरुआतदेखि बार्यन आक्रामक देखिए पनि पीएसजीले सृजना गरेका प्रशस्त गोलका अवसरलाई गोलमा परिणत गर्न सकेन ।

नेयमार, किलियन एम्बाप्पे र एन्जल डि मारियाले पीएसजीको अग्रपंक्ति सम्हाले पनि गोल गर्न भने सकेनन्।

योसँगै बार्यन छैटौं पटक युरोपियन च्याम्पियन बनेको छ। यसअघि सन् १९७५,१९७६,१९७७, २००१ र २०१३ मा बार्यन युरोपको च्याम्पियन बनेको थियो।

पहिलो पटक च्याम्पियन्स लिगको फाइनल खेलेको पीएसजीले भने अपेक्षा अनुसार खेल्न नसक्दा उपविजेता मै सीमित हुन पुग्यो ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ५ : १८ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक