बार्यन म्युनिखलाई छैटौं पटक च्याम्पियन्स लिगको उपाधि | Khabarhub Khabarhub

बार्यन म्युनिखलाई छैटौं पटक च्याम्पियन्स लिगको उपाधि


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन च्याम्पियन बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिग च्याम्पियन बनेको छ।

सोमबार बिहान लिसवनमा भएको फाइनल खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) लाई १-० गोल अन्तरले पराजित गर्दै बार्यनले छैटौँ पटक उपाधि हात पारेको हो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा बायर्नले ५९औं मिनेटमा किंग्सले कोमानको गोलमा लिएको अग्रता नै निर्णायक सावित भयो ।

खेलको शुरुआतदेखि बार्यन आक्रामक देखिए पनि पीएसजीले सृजना गरेका प्रशस्त गोलका अवसरलाई गोलमा परिणत गर्न सकेन ।

नेयमार, किलियन एम्बाप्पे र एन्जल डि मारियाले पीएसजीको अग्रपंक्ति सम्हाले पनि गोल गर्न भने सकेनन्।

योसँगै बार्यन छैटौं पटक युरोपियन च्याम्पियन बनेको छ। यसअघि सन् १९७५,१९७६,१९७७, २००१ र २०१३ मा बार्यन युरोपको च्याम्पियन बनेको थियो।

पहिलो पटक च्याम्पियन्स लिगको फाइनल खेलेको पीएसजीले भने अपेक्षा अनुसार खेल्न नसक्दा उपविजेता मै सीमित हुन पुग्यो ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ५ : १८ बजे

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।