चुनावलाइ लक्षित गरेर एफडीएले कोरोना भाइरसविरूद्धको खोप परीक्षणमा ढिलाइ गर्‍यो : ट्रम्प « Khabarhub

चुनावलाइ लक्षित गरेर एफडीएले कोरोना भाइरसविरूद्धको खोप परीक्षणमा ढिलाइ गर्‍यो : ट्रम्प


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउदो डिसेम्बर ३ को राष्ट्रपतीय चुनावमा आफूलाई कमजोर पार्न एफडीएफ पनि लागि परेको संकेत गरेका छन् ।

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप मानवमा परीक्षण गरेको ढिलाइ चुनाव लक्षित भएको ट्रम्पको दाबी छ ।

‘एफडीए वा यसका अधिकारीले खोप र उपचारका लागि मानव परीक्षण प्रक्रियालाई धेरै जटिल बनाइरहेका छन्,’ ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘स्पष्ट छ, तिनीहरू नोभेम्बर ३ सम्म यसबारे प्रतिक्रिया जनाउनसमेत ढिलाइ गर्नेछन् । मैले यो कुरालाई बुझेको छु ।’

अमेरिकामा हाल विभिन्न कम्पनीहरूले विकास गरेका भाइरसविरुद्धका ३ वटा खोप तेस्रो चरणको परीक्षणको पर्खाइमा छन् ।

अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपतीय चुनाव हुँदैछ । विभिन्न सर्वेक्षणले ट्रम्पको पक्षमा जनमत कमजोर देखाइरहेका बेला उनी स्वयंमले एफडीएलाई समेत आफूलाई असफल पार्न लागि परेको आरोप लगाएका छन् ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा असफल भएको भन्दै पछिल्ला दिनमा उनको चर्को आलोचना हुदै आएको छ ।

 

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ५ : ३८ बजे

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज