अमेरिकामा कोरोनाको दैनिक मृत्युदर र संक्रमण कम हुँदै « Khabarhub

अमेरिकामा कोरोनाको दैनिक मृत्युदर र संक्रमण कम हुँदै


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको संक्रमणले भइरहेको दैनिक मृत्युदरमा कमी आएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार आइतबारको तुलनामा सोमबार अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५३८ ले कम छ ।

अमेरिकामा आइतबार ९६८  जनाको कोरोना भाइरसको संक्रमणले मृत्यु भएकोमा सोमबार ४३० जनाको मृत्यु भएको छ ।

योसँगै सोमबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार ६०४ पुगेको छ ।

यस्तै संक्रमण दरमा पनि कमी आएको छ । तीन दिनअघि ४८ हजार ५१७ जनामा संक्रमण देखिएकोमा आइतबार ४३ हजार ६१२ जनामा संक्रमण पुष्टि भएको थियो ।

सोमबारको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ३२ हजार ७१८ जनामा संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनामा १० हजार ८९४  कम हो ।

अमेरिकामा अहिलेसम्म कोरोना संक्रमित संख्या ५८ लाख ७४ हजार १४६ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म ३१ लाख ६७ हजार ६३ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख २६ हजार ४७९ जनामध्ये १६ हजार ७१७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : ०० बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख