पेरूको नाइट क्लबमा प्रहरीले छापा मार्दा भागदौड, १३ जनाको मृत्यु « Khabarhub

पेरूको नाइट क्लबमा प्रहरीले छापा मार्दा भागदौड, १३ जनाको मृत्यु


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पेरूको एक नाइट क्लबमा प्रहरीले छापा मार्दा मच्चिएको भागदौडमा १३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको महामारीपछि कायम गरिएको प्रतिबन्धलाई अटेर गर्दै लिमा नामको नाइट क्लबमा पार्टी गरिएपछि प्रहरीले छापा मार्दा त्यहाँ भागदौड मच्चिएको थियो । सो क्रममा १३ जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

पब्लिक प्रोसेक्युटरको कार्यालयले आइतबार मृत्यु भएका १३ जनामध्ये ११ जनामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको जनाएको छ।

भागदौडमा तीन प्रहरीसहित छ जना घाइते भएका छन्। प्रतिबन्धनकाबीच क्लब सञ्चालन गरेको भन्दै त्यसका सञ्चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोनाभाइरसको संक्रमण बढेपछि पेरुमा नाइटक्लब, बारहरु मार्चदेखि बन्द गरिएको छ भने पारिवारिक जमघटमा पनि प्रतिबन्ध लगाइएको छ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : ५१ बजे

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्

धोनीले आईपीएलका सबै खेल खेल्ने

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग