काठमाडौँका ३२ वटै वडामा कोरोना संक्रमित   « Khabarhub

काठमाडौँका ३२ वटै वडामा कोरोना संक्रमित  


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २५ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यसमध्ये महानगरपालिकामा मात्रै १६ सय ६ जना संक्रमित भएका छन् ।

महानगरका ३२ वटा वडामा १ हजार ६ सय ६ जनामा कोरोना पुष्टि भएकोमा १ सय ८८ जना निको भएका छन्। ८ जनाको भने ज्यान गएको छ।

कोटेश्वरमा मात्रै १ सय २३ जना संक्रमित छन् । त्यसमध्ये ७ जना निको भएका छन् ।

पछिल्लो समय काठमाडौंसँगै ललितपुर र भक्तपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । उपत्यकाका तीन जिल्लामा ३२ सय ६२ जनामा संक्रमण पुष्टि भएकोमा ललितपुरमा ४११ जना र भक्तपुरमा २७२ जना संक्रमित छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ९ : १४ बजे

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।