काठमाडौँका ३२ वटै वडामा कोरोना संक्रमित   « Khabarhub

काठमाडौँका ३२ वटै वडामा कोरोना संक्रमित  


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २५ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यसमध्ये महानगरपालिकामा मात्रै १६ सय ६ जना संक्रमित भएका छन् ।

महानगरका ३२ वटा वडामा १ हजार ६ सय ६ जनामा कोरोना पुष्टि भएकोमा १ सय ८८ जना निको भएका छन्। ८ जनाको भने ज्यान गएको छ।

कोटेश्वरमा मात्रै १ सय २३ जना संक्रमित छन् । त्यसमध्ये ७ जना निको भएका छन् ।

पछिल्लो समय काठमाडौंसँगै ललितपुर र भक्तपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । उपत्यकाका तीन जिल्लामा ३२ सय ६२ जनामा संक्रमण पुष्टि भएकोमा ललितपुरमा ४११ जना र भक्तपुरमा २७२ जना संक्रमित छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ९ : १४ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी