मोरङ र सुनसरीमा थप २ कोरोना संक्रमितको मृत्यु « Khabarhub

मोरङ र सुनसरीमा थप २ कोरोना संक्रमितको मृत्यु


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मोरङ र सुनसरीमा थप दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

मोरङको विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार राति ९ बजेतिर मृत्यु भएको छ ।

उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसियन डा. दीपक सिग्देलका अनुसार ती पुरूषको अस्पताल ल्याइपुर्‍याएको एक घण्टामै पुरुषको मृत्यु भएको हो।

श्वासप्रश्वासमा एक्कासी समस्या भएपछि ती पुरुषलाई ८ बजेतिर उपचारका लागि अस्पताल लगिएकोमा त्यसको एक घण्टाभित्रै मृत्यु भएको उनले जानकारी दिए ।

मृतक अवकाश प्राप्त शिक्षक हुन् ।परिवारकै एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङपछि उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

यस्तै सुनसरीको धरानमा पनि एक जना संक्रमितको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी गरिएका धरान ८ का ६८ वर्षीय पुरूषको आइतबार साँझ ६:३५ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार साउन ३० मा भर्ना गरिएका पुरुषमा पहिलो प्लाज्मा थेरापी गरिएको थियो ।

यसअघि शनिबार पनि धरान–१५ का ६७ वर्षीय पुरुषको प्याज्मा थेरापी गरिएको भोलिपल्ट मृत्यु भएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  १० : १० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी